Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > World

के ट्रम्पसँग साँच्चिकै ‘परमाणु बटन’ छ त ?

Thursday, 01.04.2018, 07:44pm (GMT+6.5)    | Comment | Print | Tell friend

पुस २०, २०७४ काठमाडौँ ।

         

  डोनाल्ड ट्रम्प र किम जोङ उनबीच यतिबेला वाकयुद्ध चलिरहेको छ । दुवैले एकअर्कालाई बटन दबाएको भरमा परमाणु हमला गर्न सक्ने धम्की दिइरहेका छन् । ट्वीटरमा छेडिएको यो बटन युद्धबीच के वास्तवमै एउटा बटन दबाउने बित्तिकै परमाणु हतियार लञ्च हुन्छ त भन्ने जान्न जरुरी हुन्छ । यदी यस्तो हो भने के वास्तवमै सबैले जान्न जरुरी छ, परमाणु हतियार लञ्च गर्नु भनेको बटन दबाएर टिभीको च्यानल बदल्ने जस्तो सजिलो काम होइन । यो प्रक्रिया निकै जटिल हुन्छ । अर्थात् परमाणु बटनचलनचल्तीमा रहेको शब्द भए पनि ट्रम्पले मात्र एउटा बटन दबाएर परमाणु हतियार चलाउन सक्दैनन् । पछिल्लो जनवरी २० मा डोनाल्ड ट्रम्पको सपथग्रहण कार्यक्रममा पूर्व राष्ट्रपति बाराक ओबामासँगै सेनाका एक अधिकारी छालाको ब्रिफकेससँग उपस्थित थिए । उक्त ब्रिफकेसलाई न्युक्लियर फुटबलभनिन्छ । परमाणु हतियार फायर गर्न यस फुटबलको आवश्यकता हुन्छ । यो न्युक्लियर फुटबल हर समय राष्ट्रपतिसँग हुन्छ । गत अगस्तमा सीएनएनलाई एक जानकारले भनेका थिए, ‘ट्रम्प जब गल्फ खेल्छन्, तब यो फुटबलउनको पछिपछि सानो गाडीमा हुन्छ । यदी कसैले यो फुटबलखोलेर हेर्यो भने ऊ निराश हुनसक्छ । किभने फुटबलमा न कुनै बटन छ न त चलचित्र आर्मागेडन जस्तै कुनै घडी नै छ । यस फुटबलभित्र सञ्चारको साधन हुन्छ र केही किताब हुन्छ जसमा युद्धको तयार योजना हुन्छ । यस योजनाको मद्दतबाट तुरुन्त कुनै फैसला लिन सजिलो हुन्छ । विस्कुट भनेको एउटा कार्ड हो जसमा कोड हुन्छ । अमेरिकाका राष्ट्रपति हरसमय यो कोड आफूसँग राख्छन् । यो फुटबलभन्दा फरक हुन्छ । यदी राष्ट्रपतिलाई परमाणु हमला गर्ने आदेश दिनुपर्यो भने उनले यो कोड प्रयोग गरेर सेनालाई आफ्नो पहिचान बताउँछन् । राष्ट्रपतिको पद सम्हालेपछि एबीसीले डोनाल्ड ट्रम्पसँग सोधेको थियो, ‘विस्कुट पाएपछि तपाईंलाई कस्तो महसुस भइरहेको छ ? ट्रम्पले जवाफ दिएका थिए, ‘जब उनीहरुले विस्कुट के हो भन्ने बारे बताउँछन्, यसबाट कस्तो तबाही हुन सक्छ भन्ने जानकारी दिन्छन्, यसको गम्भीरता बुझिन्छ । यो निकै डरलाग्दो छ । पूर्व राष्ट्रपति बिल क्लिन्टनका पूर्व सैन्य सहयोगी रोबर्ट बज प्याटरसनका अनुसार बिलले एक पटक यो कोड हराएका थिए । प्याटरसनका अनुसार बिल यो विस्कुटलाई आफ्नो क्रेटिड कार्डसँग रबर ब्याण्डसँग बाँधेर पेन्टको गोजीमा राख्थे । प्याटरसनका अनुसार मोनिका लेवेन्सीसँग भएको घटनाको बिहान क्लिन्टनलाई होसै भएन उनले कोड कहाँ राखे । सेनाका एक अर्का अधिकारी ह्यू शेल्टनका अनुसार राष्ट्रपति क्लिन्टन महिनौँसम्म आफ्नो कोड भुल्थे । मात्र राष्ट्रपति परमाणु हतियार लञ्च गर्न सक्छन् । कोडबाट सेनालाई आफ्नो पहिचान बताएपछि राष्ट्रपति जोइन्ट चिफ अफ स्टाफका चेयरम्यानलाई आदेश दिन्छन् । चेयरम्यान अमेरिकी सेनाको सबैभन्दा ठूला अधिकारी हुन्छन् । त्यसपछि यो आदेश नब्रास्काको अफ्ट एयरबेसमा बनेको स्ट्राटेजिक कमान्डको मुख्यालयमा पुग्छ । त्यहाँबाट आदेश ग्राउण्ड टिमलाई पठाइन्छ । (यो समुद्रभित्र पनि हुनसक्छ ।) परमाणु हतियारको फायर खोल्न आदेश कोडबाट पठाइन्छ । यो कोड लञ्च टिमसँग राखिएको सुरक्षित कोडसँग मेल खानुपर्छ । मेल खाए मात्र परमाणु हतियार फायर गरिन्छ ।


R K

Hot News

 

SEARCH

Newsletter

Top