Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > World

बिहारका गर्भनर रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपति

Thursday, 07.20.2017, 10:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

५ श्रावण २०७४
नयाँ दिल्ली
भारतको १४ औं राष्ट्रपति रामनाथ कोविन्द भएका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका दलित नेता हुन् । उनी बिहारका गर्भनर पनि हुन् । भारतीय जनता पार्टीको सदस्य राष्ट्रपतिमा निर्वाचित भएको यो पहिलोपटक हो । गत सोमबार राष्ट्रपतिका लागि मिसा कुमार र रामनाथ कोविन्दबीच मतदान भएको थियो । कोविन्दले सात लाख २० हजार ४४ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी विपक्षी गठबन्धनका उम्मेदवार मिसा कुमारले ३ लाख ६७ हजार १४ मत ल्याएका थिए । दलित समुदायको तर्फबाट कोविन्द दोस्रो राष्ट्रपति हुन् । यसअघि केआर नारायणनन भारतको पहिलो दलित राष्ट्रपति बनेका थिए । 
 
को हुन त रामनाथ कोविन्द 
कोविन्द सन् १९४५ को अक्टोबर १ मा कानपुर नजिकको एउटा गाउँमा जन्मेका हुन् । उनका पाँच दाजुभाई र दुई दीदी बहिनीमध्ये कोविन्द सबै भन्दा कान्छा हुन् । उनी सरकारी जागिर खोज्न दिल्ली आए र उनले सरकारी सेवामा नाम समेत निकाले तर उनी त्यो छोडेर दिल्लीको वार काउन्सिलमा अधिवक्ताको रुपमा जागिर खान सुरु गरे । उनको वकालत पेशाले उनलाई समाजवादी आन्दोलनका अगुवा मोराजी देसाईको समिपमा ल्यायो । सन् १९७४ मा दिल्लीको एक युवतीसँग विवाह गरे जसमा देसाई समेत सहभागी भएका थिए । भारतका संकटकालपछि जनता पार्टीको सरकार बनेपछि उनी देसाईको सहयोगी बने । केही समय अधिवक्ताको रुपमा काम गरेपछि उनले सन् १९९१ मा औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरे । त्यसपछि भारतीय जनता पार्टीले कोविन्दलाई उत्तर प्रदेशको पार्टीको दलित नेताको रुपमा अगाडी बढायो । सन् १९९४ मा कोविन्द पहिलोपटक राज्यसभा सदस्य बने जसले उनलाई भाजपाको राष्ट्रिय नेताको छवी बनाउने बाटो खोलिदियो । सन् २००२ मा उनले भारतलाई प्रतिनिधित्व गदै संयुक्त राष्ट्रसंघमा सम्बोधन गरे । उनी सन् २०१० मा भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता भए तर मिडियासाग उनी एकदमै कम बोल्ने गर्दथे । उनले त्यही वर्ष उमा भारतीलाई पार्टीमा ल्याउनको लागि ठूलो भुमिका खेले । भारतीले अर्को राजनितिक दल खोल्नको लागि भन्दै सन् २००३ मा भाजपा छोडेकी थिइन् ।  राष्ट्रिय नेताको छवी बनाइरहेकै समयमा सन् २०१३ को लोकसभा निर्वाचनको अगाडि उनलाई पार्टीको उत्तरप्रदेशको महासचिव बनाइयो । यो वास्तवमा उनको घटुवा थियो तर त्यसलाई उनले अन्यथा मानेनन र पार्टीले दिएको जिम्मेवमरी पूरा गरे । भारतमा मात्र होइन संसारभरी नै दलितको परिचय राजनीतिमा माथि जाने एक महत्वपूर्ण खुड्किलो हो । तर कोविन्दले कहिल्यै पनि यसलाई उपयोग गरेनन् र उनले कहिल्यै पनि आफूलाई पीडितको रुपमा लिएनन् । उनको निरन्तर काम गराई, लगन र मिहिनेतले नै उनलाई अहिलेको अवस्थासम्म आएको विश्लेषकहरुको भनाई छ । 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top