Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > World

लन्डनमा आतंकवादी आक्रमण ६ को मृत्यु ३० भन्दा बढी घाइते

Sunday, 06.04.2017, 12:37pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ जेष्ठ २०७४

लण्डन

बेलायतमा आतंकवादी आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी गम्भिर घाइते भएका छन् । बीबीसी न्युजका अनुसार स्थानीय समयअनुसार राती १० बजे मध्य लण्डनमा तीब्र गतिमा रहेको एउटा भ्यानले पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएलगत्तै प्रहरी अधिकारी तथा सर्वसाधारणमाथि अन्धाधुन्ध चक्कु आक्रमण शुरु भएको थियाे । आक्रमणपछि लण्डन ब्रिज रेलवे स्टेशन बन्द गरिएको छ भने लण्डनभर सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । आक्रमणपछि बेलायती प्रधानमन्त्री टेरिजा मेले निन्दनीय घटना भएको भन्दै कोब्रा आपतकालिन कमिटिको आकस्मिक बैठक बोलाउनुभएको छ । केही दिन अघि बेलायतको म्यानचेष्टर एरिनामा आरियाना ग्रान्डेको कन्सर्टका क्रममा भएको विष्फोटमा परि २२ जनाको मृत्यु भएको थियो ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top