Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > World

डिभी बन्द गर्ने विधेयक अमेरिकी सिनेटमा दर्ता

Friday, 02.10.2017, 12:42pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८ माघ २०७३

न्युयनेर्क

प्रति वर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभि लट्री भिसा बन्द हुनेछ भने अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब १० हजार ग्रीन कार्ड प्रभावित हुन सक्ने भएकाे छ । अमेरिकामा आप्रवासिको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले संसदमा एक बिधेयक दर्ता गरेका छन्। बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधारऐन नाम दिईएको उक्त विधेयक आप्रवासिमाथि कडा नियम लगाउन चाहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको समर्थन रहेको संसदमा दर्ता गरिएको उक्त बिधेयक पारित भए डिभि लट्रीको सुविधा पाएको नेपाललाई पनि प्रभाव पर्नेछ।

अमेरिकाले सन् सन १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि अमेरिकामा डिभी लट्रीलगायत अन्य सुविधा दिएर आप्रवासीलाई स्थायी बसोवास प्रदान गर्दै आएको थियो।

रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले संसदमा आप्रवासीलाई ग्रीनकार्डको सख्या घटाउनुपर्ने बिल पेस गरेपछि आप्रवासीले पाउँदै आएको ग्रीन कार्डको सख्यामा आधा कटौती हुने बताइएको छ। अहिले अमेरिकामा स्थायी वसोवास अनुमति पत्र निवेदन दिने १० जना मध्ये ७ जना ग्रिनकार्ड भएका आफन्त वा अन्य मुलका अमेरिकन नागरिकहरुका आफन्त रहने गरेको बिधेयकमा जनाइएको छ।

दश वर्ष यता अमेरिकाले करिब ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको र त्यसले अमेरिकीहरुको रोजागारमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै आप्रवासीलाई ग्रिनकार्ड दिने प्रावधानलाई आधा घटाउनुपर्ने बिधेयकमा बताइएको छ।विधेयकमा शरणार्थीहरुका लागि निश्चित भिसा छुट्याउनुपर्ने बताइएको छ। अमेरिकाले सन् २०१५ मा संसारभरबाट ५० हजार डिभी लट्री मार्फत आप्रवासी भित्र्याएको थियो भने १ लाख २० शरणार्थी भित्र्याएको थियो। सन २०१८को डिभी लट्रीलाई भने यसले असर पार्ने छैन।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top