Hot News
संसद सचिवालयमा खैलाबैला मच्चिएको छ ; भावी मुख्यमन्त्री भन्छन्- पुरानो ‘हृयाङ’ त्यागौं ! ; सातवटै प्रदेशसभामा पद तथा गोपनीयताको शपथ, मातृभाषामा लिए शपथ ; आइतबार दिउँसो प्रदेश सांसदहरुको सपथ ; सरकारले १४ नम्बरको जुत्ता भिरायो !
Home > News > World

सुडानको जातीय हिंसामा १८ जनाको मृत्यु

Friday, 02.19.2016, 02:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

द्धन्दग्रस्त अफ्रिकी मुलुक दक्षिण सुडानको एउटा शरणार्थी शिविरमा भएको साम्प्रदायिक झडपमा १८ जनाको मृत्यु भएको छ ।।  गृहयुद्धबाट विस्थापित भएकाहरुका लागि संयुक्त राष्ट्रसंघले बनाएको आश्रयस्थलमा भएको जातीय झडपमा अरु ४० जना घाइते भएको समाचार संस्था टाइम्सले जनाएको छ ।। उक्त शिविरमा ४७ हजार आन्तरिक शरणार्थी रहेको र झडपमा शिविर व्यवस्थापनमा खटिएका डक्टर्स वीथ आउट बोडर्सका दुई जना कर्मचारी पनि मरेको बताइएको छ ।। दक्षिण सुडानस्थित राष्ट्रसंघीय नियोगले डिन्का र सिलुक जाति बीच साम्प्रदायिक झडप भएको जनाएको छ ।। उक्त शिविर राष्ट्रसंघले आन्तरिक शरणार्थीको व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको हो ।।। 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top