Hot News
उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै ; चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित
Home > News > World

भारत र रुसबिच १६ बुँदे सम्झौता

Friday, 12.25.2015, 12:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

     भारत र रुसबिच १६ बुँदे सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणका क्रममा दुइ देशबीच विभिन्न विषयमा सम्झौता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त वक्तव्य जारी गरेर सम्झौताको जानकारी दिएका हुन् । दुइ देशबीच भारतमा कामोव २२६ हेलिकोप्टर बनाउने विषयमा सहमति भएको भारतीय प्रधानमन्त्री मोदीले वक्तव्यमा उल्लेख गरेका छन् । यस्तै परमाणु उर्जामा दुइ देशबीच आपसी सहयोग बढाउने सहमति भएको मोदीको भनाई छ । सम्झौताअनुसार अब भारतका दुइ स्थानमा रुसले १२ वटा परमाणु रियाक्टर बनाउने छ । आगामी २० वषभित्रमा ६ वटा परमाणु रियाक्टर बनाइसक्ने रुसी राष्ट्रपति पुटिनले बताएका छन् । भारत र रुसबीच दुइ देशका नागरिक तथा कुटनीतिक राहदानी लिएकालाई आवतजावतमा केही सहज बनाउने, हेलिकोप्टर इन्जिनियरिङ क्षेत्रमा सहयोग गर्ने, रेलवे क्षेत्रमा प्राविधिक सहयोग

बढाउने, भारतमा सौर्य उर्जा तथा ब्रोडकास्टिङ क्षेत्रमा सहयोग गर्नेलगायतका विषयमा सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री मोदी दुइ दिने भ्रमणका लागि बुधबार रुस गएका हुन् ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top