Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > World

थापाको प्रतिबन्धपछि एन्फाको पहिलो बैठक बस्दै

Wednesday, 12.02.2015, 12:48pm (GMT+6.5)    | Comment | Print | Tell friend

अखिल नेपाल फुटबल संघ एन्फा कार्यसमितिको बैठक आज बस्दैछ । एन्फा अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ फिफाले १० वर्षा लागि प्रतिबन्ध लगाएपछि आज एन्फाले पहिलो पटक औपचारीक छलफल गर्न लागेको हो । थापाको प्रतिवन्ध तथा अन्य बिभिन्न कारणले नेपाली फुटवल शिथिल बन्दै गएको विषयमा छलफल गर्न कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले बैठक डाकेको पदाधीकारीहरुले बताएका छन् ।  आज बैठक प्रति एन्फाको अर्को पक्ष भने, असन्तुस्ट छ । एन्फाको संस्थापन पक्षले नरेन्द्र श्रेष्ठलाई कार्यसमितिले कार्यवाहक जिम्मेवारी दिएको अवस्थामा उनको हैसियत माथि प्रश्न उठाउने ठाउँ नभएको दावी गर्दै आएको छ ।

महिला भलिबल प्रतियोगिता आजदेखि सुरु
पहिलो शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । क्लब च्याम्पियनसिप अर्न्तगतको प्रतियोगितामा चर्चित क्लबहरुको सहभागिता छ । बालकोटस्थित शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिता आजदेखि पर्सीसम्म हुनेछ । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालका चर्चित ६ क्लबको सहभागिता रहनेछ । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिताले आगामी भारतमा हुने साग खेलका लागि सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ । 


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top