Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > World

एकै दिन ५५ जनाभन्दा बढीलाई मृत्युदण्ड दिन लागिएको भन्दै एमनेस्टीको आपत्ति

Friday, 11.27.2015, 12:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

साउदी अरबमा एकै दिन ५५ जनाभन्दा बढीलाई मृत्युदण्ड दिन लागिएको भन्दै मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आपत्ति जनाएको छ ।

आतंकवादी गतिविधिमा संलग्न भएको अभियोग लागेका ५२ जनालाई एकै दिन मृत्युदण्ड दिने साउदी सरकारले निर्ण्र्ाागरेपछि एमनेस्टीले मानव अधिकार हनन्को पराकाष्ठा भन्दै आपत्ति जनाएको हो ।

साउदी अरबले यही वर्षमात्रै १५१ जनालाई मृत्युदण्ड दिइसकेको छ, जुन सन् १९९५ पछिको सबैभन्दा बढी हो । मृत्युदण्ड पाउनेमा शिया समुदायका आतंकवादीहरुको संख्या बढी छ ।

मध्यपर्ूवका लागि एमनेष्टी इन्टरनेशनलका उपाध्यक्ष जेम्स लेन्चले साउदी अरब सरकार आतंकवादको बहानामा राजनीति प्रेरित भएको आरोप लगाएका छन् । उनले बाल्यवस्थामा आपराधिक गतिविधीमा संलग्न रहेकाहरुलाई समेत मृत्युदण्ड दिइने गरेको बताएका छन् । एमनेस्टीको भनाईप्रति साउदी अरब सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top