Hot News
एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र ; उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गर्ने तयारी ; राजपा उम्मेदवार भन्छन्- साथीहरुले आन्दोलन रोज्नुभयो, मैले चुनाव ; शाहरुख र अक्षयका कारण सिपोराको 'भूईामान्छे' २ साता पछि
Home > News > World

एन्जेला मर्केल तेश्रो कार्यकालका लागि जर्मन चान्सलर नियुक्त

Tuesday, 12.17.2013, 08:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

        १७ डिसेम्वर, २०१३ । जर्मनका चान्सलर एन्जेला मर्केल तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

तल्लो सदनमा भएको मतदानमा मर्केलको गठबन्धनले बहुमत प्राप्त गरेपछि उहाँको तेस्रो कार्यकालका लगभग पक्का भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

मर्केलको क्रिस्चियन सोसल युनियन पार्टी सिएसयू र सोसल डेमोक्रयाट्स एसपिडीको गठबन्धनले कुल ६ सय ३१ सिटमध्ये ५ सय ४ सिटमा जित निकालेको हो ।

एसपीडिले गएको आइतबार मात्रै मर्केलको पार्टीसँग गठबन्धन गर्ने निर्णय गरेको थियो । मर्केलको नेतृत्वमा बन्ने सरकारमा एसपिडीका थोरै मात्र प्रतिनिधिको सहभागिता रहनेछ । मर्केलको पार्टीले देशको न्युनतम पारिश्रमिक साढे ८ डलर प्रतिघण्टा पुर्याउने प्रतिबद्धता जनाएको छ जुन सन् २०१५ बाट कार्यान्वयनमा आउनेछ ।

नयाँ गठबन्धनमा सरकार बनेपनि यसले देशको राज्यकोषको अनुशासनमा कुनै परिवर्तन भने ल्याउने छैन । जर्मनी युरोपियन युनियनको अत्याधिक औद्योगिकरण र जनघनत्व भएको राष्ट्र हो भने युरोजोनका लागि हुने कुनै पनि महत्वपूर्ण निर्णयमा जर्मनीको निर्णायक भूमिका रहन्छ ।

 

स्रोतः अनलाईन


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top