Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > World

चीनलाई टक्कर दिन जापानको नयाँ सुरक्षा रणनीति

Tuesday, 12.17.2013, 08:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

      १७ डिसेम्वर, २०१३ । चीनलाई टक्कर दिने उद्देश्यले जापानको मन्त्रिपरिषदले राष्ट्रिय सुरक्षा सम्बन्धि नयाँ रणनीति पारित गरेको छ ।

रणनीतिमा पाँच वर्षे सैन्य सुदृढीकरण योजना र १० वर्षे रक्षा आचारसंहीता समावेश गरिएको छ । नयाँ रणनीति अनुसार पाँच वर्षमा रक्षा खर्चमा २ दशमलव ६ प्रतिशतको वृद्धि हुनेछ । बढाउने छ । आफ्नो स्वामित्व दावी गर्दै आएको विवादीत टापुहरुको सुरक्षालाई केन्द्रित गरी आउँदो पाँच वर्षमा जापानले ड्रोन र सैन्य विमान तथा गाडी खरिद गर्नेछ भने नयाँ जल तथा स्थल सैन्य फोर्स गठन गर्ने छ ।

जापानको नयाँ सुरक्षा रणनीतिलाई चीनको बढ्दो क्षेत्रीय दावी र बढ्दो रक्षा खर्चप्रति लक्षित गरिएको छ । चीनले हवाई क्षेत्र तथा समुद्रको माध्यमबाट इष्ट चाइना सी र साउथ चाइना सी लगायतका क्षेत्रमा स्वघोषित रुपमा आफूलाई बलियो देखाउन खोजेको र यो स्थापीत अन्तर्राष्ट्रिय मान्यताको विरुद्धमा रहेकाले उसलाई टक्कर दिनका लागि रक्षा क्षमता विस्तारमा जापानले जोड दिएको छ ।

प्रधानमन्त्री सिन्जो अबेले नयाँ रणनीति स्पष्ट र पारदर्शी रहेको दावी गर्नुभयो ।

 

स्रोतः अनलाईन


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top