Hot News
मेयर, उपमेयरको सुविधा कति ? ; महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन
Home > News > World

उत्तर कोरियाका नेता किमका फुपाजुलाई मृत्युदण्ड

Saturday, 12.14.2013, 09:25pm (GMT+6.5)    | Comment | Print | Tell friend

       १३ डिसेम्वर २०१३ । उत्तर कोरियाका प्रभावशाली नेता मानिने चाङ सोङ थाएकलाई मृत्युदण्ड दिइएको छ ।राजद्रोह र भ्रष्टाचारको आरोपमा चाङलाई मृत्युदण्ड दिईएको कोरियन समाचार संस्था केसिएनएले जनाएको छ ।

कुनै बेला उत्तर कोरियाली सरकारमा निकै प्रभावकारी मानिने चाङलाई गएको हप्ता कम्युनिष्ट पार्टीको महत्वपूर्ण पदबाट हटाइएको थियो । उत्तर कोरियाली नेता किम जोङ उन सत्तामा आएपछिको सबैभन्दा ठुलो राजनीतिक उथलपुथलका रुपमा हेरिएको छ ।

चाङले बुधबार मात्रै सैन्य अदालतमा सरकार ढाल्ने कोशिश गरेको स्वीकार गरेपछि मृत्युदण्ड दिइएको केसिएनएले उल्लेख गरेको छ । चाङले पदको दुरुपयोग गरेको र राजनीतिक महत्वका लागि सरकारको विरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाइएको छ । चाङ वर्तमान नेता किम जोङ उनका फुपाजु हुन् ।

किम जोङ इलको निधनपछि उहाँका छोरा उनलाई शासन व्यवस्थाबारे बुझ्न चाङले निकै सहयोग गरेका थिए । उनले सत्तारुढ कम्युनिष्ट पार्टी र राष्ट्रिय रक्षा आयोगका उच्च पदमा रहेर काम गरेका थिए ।




Hot News

 

SEARCH

Newsletter

Top