Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > World

बंगलादेशका मुस्लिम नेता कादरमुल्लालाई फाँसी

Saturday, 12.14.2013, 09:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

        १३ डिसेम्वर २०१३ - बंगलादेशका कट्टरपन्थी मुस्लिम नेता अब्दुल कादरमुल्लालाई फाँसी दिइएको छ । सर्वोच्च अदालतले जमात ए इस्लामी पार्टीका शीर्ष नेता मुल्लालाई दिइएको फाँसीको सजायँ कायम राख्ने फैसला गरेलगत्तै विहीबार राती अबेर उनलाई फाँसी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशको गृह मन्त्रालयका अनुसार ढाकामा रहेको केन्द्रीय कारागारमा राती १० बजे मुल्लालाई फाँसी दिइएको हो । फाँसीको खबर बाहिर आउने वित्तिकै उनका समर्थकहरु प्रदर्शनमा उत्रिएपछि ठाउँठाउँमा हिंसात्मक झडप भएका छन् ।

झडपमा कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ । कादर मुल्लालाई गएको मंगलबार नै फाँसी दिने तय भएपनि अन्तिम समयमा आएर रोकिएको थियो ।

सन् १९७१ मा भएको स्वतन्त्रता संग्रामका बेला मानवता विरोधी अपराध गरेको आरोपमा अब्दुल कादर मुल्लालाई गएको फेब्रुअरीमा आजिवन कारावासको सजाय सुनाइएकोमा सेप्टेम्बरमा सर्वोच्चले सजायँलाई मृत्युदण्डमा परिणत गरेको थियो ।

 

स्रोतः उज्यालो




Hot News

 

SEARCH

Newsletter

Top