Hot News
नेपालमा लगानीको अवसर बारे अन्तक्र्रिया ; भरतपुरमा च्यातिएका मत मतपत्र आज सर्वोच्च अदालतमा ; काठमाडौंमा फोहरबाट १४ किलोवाट बिजुली उत्पादन ; चुम्लुङ हिम खरिद सहयोगार्थ याक्थुम स्वर्णिम साँझ–४ सम्पन्न ; धनगढीमा आफैले बोकेको बम विस्फोट हुँदाएक जनाको ज्यान गएको छ
Home > News > World

जापानको भूकम्पमा १२ नेपाली सम्पर्क विहिन, कम्तिमा एक हजारको मृत्यु

Sunday, 03.13.2011, 08:44am (GMT+6.5)    | Comment | Print | Tell friend

टोक्यो, फागुन २८  

भूकम्प र सुनामीबाट बढि प्रभावित क्षेत्र म्यागी र सिन्नाईमा सनिबार अपरान्ह देखि सम्पर्कमा नआएका उनीहरु बारे टोकिायो स्थित नेपाली राजदुताबासमा जानकारी गराइए पनि विदेश स्थित मन्त्रालयबाट उनीहरुका स्थितिबारे प्रष्ट नभएसम्म दुताबासले केही बताउन चाहेको छैन ।

टोकियोमा रहेका नेपालजापान अनलाइनका संम्पादक शरद शेचनले दिएका जानकारी अनुसार म्यागीमा रहेको आफन्त याक एण्ड यतिका संचालक श्रवण तुलाचन्द दम्पति सम्पर्क बिहिन रहनु भएको बताउनु भएको छ । स्थानिय नेपाली जनसम्पर्कका अनुसार अन्य नेपालीहरु पनि सम्पर्क बिहिन रहेका बताइएको छ । पानी, यातायात, सञ्चार बिहिन भएकाले उनीहरुसँग सम्पर्क हुन नसकेकाले उनीहरुका बारे केही थहा हुन नसकेको हो । यसैगरी सेन्नाई स्थित एक इन्डियन रेस्टुरेन्टमा कार्यरत चुडामणी सापकोटा, बाबु सापकोटा, माया गुरुङ म्यागीमा रहेको याक एण्ड यतीका संचालक श्रवण तुलाचन्द, मिना तुलाचन्द लगात सम्पर्क बिहिन हुनु भएको छ । यसै क्रममा याक एण्ड यती सुनामीको छालमा परेको आशंका गरिएको छ । साथै फुकुशी स्थित एक नेपाली रेस्टुरेन्टलाई भने सुनामीको छालले बगाएको र त्यहाँ कुनै पनि मानवीय क्षति भने नभएको टोकियो स्थित नेपाली राजदुताबासलाई जानकारी दिइएको छ ।

सम्पर्क बिहिन रहेका नेपालीका बारे प्रष्ट जानकारी नआए सम्म केही भन्न नसकिने दुताबासका उपनियोग प्रमुख दुर्ग सुवेदीले बताउनु भयो साथै उहाँले सम्पर्क बिहिन रहेका नेपालीका बारे आइतबार विदेश मन्त्रालयको विशेष तत्कालिन सुचना सम्पर्कमा गएर बुझने जानकारी दिनु भएको छ । यसै गरी नेपालीहरुको स्थितिका बारे बुझन र प्रभावितको लागि सहयोग गर्ने भूकम्प र सुनामि प्रभावित सहयोग समिति गठन गरिएको छ ।.रेक्टर स्केलको भूकम्प र त्यसले उत्पन्न गरेको सुनामीको कारण कम्तिमा एक हजारको मृत्यु भएको छ। मर्नेको संख्या भने बढ्नसक्ने अधिकारीहरुले जनाएका छन्। भूकम्पपछि अहिले जापानमा बृहत राहत तथा उद्धार अभियान सुरु गरिएको छ। समुन्द्रमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले उत्पन्न गरेको सुनामीले जापानको उत्तर पूर्वी तटमा ठूलो विध्वन्स मच्चाएको थियो। सुनामीले जमिनको भित्रैसम्म  पसेर गाउँ तथा नगरहरुमा ठूलो क्षति पुर्‍याएको छ।

 

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top