Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > World

जापानमा शक्तिशाली भूकम्प एकलाख मानिस सम्पर्क विहिन

Saturday, 03.12.2011, 07:49am (GMT+6.5)    | Comment | Print | Tell friend

जापान, फाल्गुन २७

जापानमा शुक्रबार गएको विनाशकारी भूकम्पका कारण उत्तरपुर्वी क्षेत्र तहसनहस भएको छ । भूकम्प पछि आएको सुनामीले कयौँ घरबगाउदा ठूलो धनजनको क्षति भएको छ । सुनामीका कारण झण्डै एक लाख मानिसहरु हराइ रहेका छन् भने तीन सय भन्दा बढिको मृत्यु भइसकेको जापानको क्युदो समाचार एजिन्सीले जनाएको छ । क्युदोका अनुसार सुनामी पछि कयौ शहरहरु जलमग्न भएका छन् । राजधानी टोकियोबाट चार किलोमिटरको दुरीमा रहेको केन्द्रबाट ७.९ रेक्टर स्केलको भूकम्पको धक्का पछि कयौँ भवनहरु भत्किएका थिए । यसैबीच जापान सरकारले तत्काल आणविक संकटकालको घोषणा गरेको छ । टोकियो नजिक एक तेल प्रशोधन केन्द्रमा भीषण आगलागि भएको छ त्यस्तै अन्य ८० स्थानमा आगलागि भएको क्युदोले जनाएको छ । सरकारले करिब तीन सय एयरक्राप्ट र ८० पानि जहाज उद्घारका लागि राखिएको बताएको छ । यातायात, विद्युत तथा सञ्चार सेवा पूर्ण रुपमा अवरुद्घ भएको छ । सुनामीले म्यागी र फुकुसामीमा सबैभन्दा बढि क्षति पुर्याएको छ । शुक्रबार गएको भूकम्प ७ वर्ष यताकै सबैभन्दा शक्तिशाली मानिएको छ । यसैबीच अन्तराष्ट्रिय संघसंस्थाले जापानमा भूकम्प र सुनामी प्रभावितका लागि सहयोग गर्ने बताएका छन । त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिवले उद्घारका लागि सबैसँग सहयोगको अपिल गर्नु भएको छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top