Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Sports

दर्शकदीर्घाबाट अश्लील शब्द प्रयोग हुदा मन चसक्क हुन्छ

Wednesday, 01.03.2018, 06:10pm (GMT+6.5)    | Comment | Print | Tell friend

१९ पुष २०७४, काठमाडौं

       

        कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदानमा झन्डै दुई दशकयता क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । अघिल्लो साता मात्र त्यहाँ एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी२० क्रिकेट प्रतियोगिताका सम्पन्न भएको छ । त्रिवि मैदानमा पहिले आयोजना हुने प्रतियोगिता र अहिले हुने प्रतियोगितामा व्यापक परिवर्तन भएको छ । अघिल्लो हप्ता कीर्तिपुरको मैदानमा एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता सकिँदा नेपाली दर्शकले केही नयाँ स्वाद पाए । नेपाली क्रिकेटमा कहिल्यै नहुने भिडियो रिप्लेका लागि यसपालि कीर्तिपुरमा ठूलो एलइडी स्क्रिन लगाइएको थियो । थर्ड अम्पायरको प्रविधि पनि नेपाली क्रिकेटमा यही प्रतियोगितामार्फत सुरु भयो ।  मनोरञ्जन प्रदान गर्नकै लागि खटिएका ती सुन्दरीहरूको मन त्यति बेला चसक्क हुन्छ, जब दर्शकदीर्घाबाट अश्लील शब्द प्रयोग हुन्छन् । नेपाली क्रिकेटकै सबभन्दा ठूलो र व्यावसायिक भनेर दाबी गरिएको प्रतियोगिताको आकर्षण यत्तिमै सीमित रहेन । खेलको हरेक रोमाञ्चक मोडमा स्वाभाविक उत्तेजनामा आएका दर्शकलाई थप मनोरञ्जन प्रदान गर्न मैदानमा केही सुन्दरी तैनाथ थिए, ‘चियर लिडरका नाममा । खेलाडीको ब्याटबाट हरेक पटक छक्का र चौका बर्सिंदा होस् वा विकेट झर्दा रोमाञ्चित भई उफ्रिइरहेका दर्शकको तालमा ताल मिलाउँदै चार सुन्दरी हँसिलो अनुहार र आकर्षक हाउभाउका साथ नाचिरहेका हुन्थे । अनि कोही दर्शक तिनै सुन्दरीको हाउभाउ हेरेर रमाउँथे भने कोही चाहिँ अश्लील शब्दका साथ तिनलाई जिस्काएर भलाद्मीको खेलको बदनाम गरिरहेका हुन्थे । अमृत साइन्स कलेजमा पढ्ने सुवेक्षा केसी, प्रसादीबाट १२ कक्षा पास गरेर उच्च शिक्षाका लागि बिदेसिन लागेकी सोनु महर्जन, अरुणिमाकी विसाखा र जेम्स कलेजमा स्नातक तहमा पढ्ने बिना बुढामगर सबै व्यावसायिक मोडल हुन् । कीर्तिपुरमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने जिम्मेवारीका साथ चियर लिडर्सको भूमिकामा दिनभर नाचिरहने यी चार सुन्दरी पेसाअनुसारै त्यहाँ पुगेका हुन् । तर मनोरञ्जन प्रदान गर्नकै लागि खटिएका ती सुन्दरीहरूको मन त्यति बेला चसक्क हुन्छ, जब दर्शकदीर्घाबाट अश्लील शब्द प्रयोग हुन्छन् । हामी व्यावसायिक मोडल हौं । दर्शकलाई मनोरञ्जन प्रदान गर्नु हाम्रो काम हो । त्यसका लागि हामी निश्चित अवसरमा संगीतको तालमा नाचिरहेका हुन्छौं । यो हाम्रो पेसा हो । तर कोही दर्शकले बार गर्लसँग जस्तो व्यवहार गर्न खोज्दा दुःख लाग्यो । दर्शकदीर्घाबाट हामीलाई नै लक्षित गर्दै अश्लील शब्द प्रयोग भए,’ इपिएलमा चियर लिडर्सका रूपमा काम गरेकी सोनुले मैदानको अनुभव सुनाइन्, ‘क्रिकेट भलाद्मीको खेल हो क्रिकेट हेर्ने दर्शकमा पनि त्यस्तै संस्कार हुन्छ भन्ने सुनेका थियौं । केही दर्शकको खराब व्यवहार बिर्सने हो भने बाँकीले हाम्रो कामलाई सम्मानका साथ हेर्नुभयो । उहाँहरूलाई धन्यवाद । कसैले जानीजानी होच्याएको वा अश्लील रूपमा अपमान गर्दा मन जति दुखे पनि उनीहरू पेसागत मर्यादा भने भुल्दैनन् । हाँसेरै प्रस्तुत हुन्छन् । हाम्रो पेसा नै यस्तै हो । ठूलो संख्याका मानिसलाई एकै पटक फेस गर्नुपर्छ । सबै मानिस हामीले सोचेजस्ता असल नहुन सक्छन् । त्यसैले जति रिस उठे पनि, जति मन दुखे पनि त्यस्तालाई इग्नोर गर्नु नै राम्रो हो,’ सोनुले थपिन् । मानव सभ्यताको विकाससँगै खेलकुदले पनि आफूलाई भिन्न रूपमा स्थापित गर्दै ल्याएको इतिहास पाइन्छ । सैन्य तालिमबाट खेलका विभिन्न विधाको विकास भएको मान्नेहरू एकथरी छन् । अर्का थरी अध्ययनकर्ताहरू मानवीय जीवनशैलीले नै नजानिँदो पारामा खेलकुदको रूप लिन थालेको विश्वास राख्छन् । खेलकुदको प्राचीन स्वरूपमा अनुसन्धानकर्ताहरूको मत बाझे पनि १९औं शताब्दीमा यसले आधुनिक रूप लिन थालेकोमा भने सबै सहमत छन् ।


R K

Hot News

 

SEARCH

Newsletter

Top