Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Sports

हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत

Saturday, 12.16.2017, 07:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
टेक्निकल्ली टफ च्यालेन्जिङ मानिएको "द नर्थफेस १०० हङकङ २०१७" अल्ट्रा ट्रैल रेसको १०० किमि तर्फको मुख्य उपाधी नेपाली धावक बेद सुनुवारले बाजि मारेको छ। आज सनिवार बिहान आठ बजे ताईपो स्थित ताई मेइ तुक बाट शुरु भएर सोही स्थानमा समाप्त भएको उक्त दौडमा उनले विश्वका विभिन्न देशका सयौ माहिर धावकहरुलाई पछि पार्दै निर्धारित दुरि १२ घन्टा २१ मिनटमा पार गरि प्रथम स्थान हासिल गरेका छन। उक्त दौडमा विभिन्न देशका बाह्र सय भन्दा बढी धावक धाविकाहरुले भाह लिएको कुरा आयोजकका केइथ नोयेसले बताए। दौड ईन्डिभ्युजल १००/५० किमि, टिम १०० र च्यारिटी बिब क्याटागोरीमा दौडाईएको थियो। यो जित सङ्गै बेदले हङकङ डलर नगद १५,००० र १०,००० डलर सपिङ कुपन प्राप्त गरेका छन।
५० किमि तर्फका स्पेसेलियस्ट बेदले गत महिना अक्सफाम हङकङ १०० किलोमीटर दौड जितेका थिए। यो उनको १०० किमि तर्फ ब्याक टु ब्याक जित हो।
निकै चुनौतीपूर्ण मानिने यो ट्रैलको नौ चेक प्वाईन्ट रहेको थियो। चौथो चेक प्वाईन्टमा दस मिनट भन्दा बढी बेद हराएर टाइम लस गरे। तर पनि उनले आफ्नो मोमेन्टियम र धैर्यता गुमाएनन। ताईमोसन डाडा आईपुग्दा दश डिग्री भन्दा कम तापक्रमले अर्को चुनौती दिइरहेको थियो। त्यसमाथी उनी रुघाखोकीले सारिरिक रुपमा सत प्रतिसत थिएनन। उनले भने "शरीर हन्ड्रेड पर्सेन्ट थिएन, तर पनि नो एक्स्क्युज, गोर्खाली हु, नेपाली हु, जित्छु भनेर मैदानमा उत्रे पछि छाड्ने कुरै भएन।देश को झन्डा सम्झिएर आत्माबल बढाएर दौड पूरा गरे। पहिलो भैयो। देशको नाम र सम्पूर्ण नेपालीहरु, आफ्ना प्रसम्सकहरुको म माथीको भरोसालाई डगमगाउन दिईन, खुशि लागेको छ,
विश्वमै लोकप्रियता कमाएको लामो दुरिको अल्ट्रा ट्रैल रेसका लागि हङकङ उपयुक्त राष्ट्र मानिन्छ। विश्व बरियताका लागि समेत नम्बर प्राप्त हुने भाईबराम १००, लान्ताउ १००, अक्सफाम १००, द नर्थ फेस १०० लगायत दर्जनौ लामो छोटो दुरिका दौडहरु हङकङले आयोजना गर्दै आईरहेको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top