Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > Sports

चौतिस बर्ष पछि हङकङ र नेपाल बिच भलिबल प्रतियोगिता हुने

Tuesday, 12.12.2017, 10:16pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
कृकेटको पिचमा बारम्बार भेट भै रहने हङकङ र नेपाल अब भलिबल खेल मार्फत पनि भेट हुने भएको छ। उक्त भेट आगामी जनवारी २८ र २९ तारिख मैन्त्रीपुर्ण खेलमा हुने आयोजकले गत आईतवार जोर्डन स्थित चुम्लुङ हिमको कक्षमा पत्रकारहरु बोलाएर जानकारी गराएका छन। उक्त खेलका बारेमा संयोजक तथा हङकङ र पुर्बी एशियाका लागि भलिबलका सदभावना दुत निरंजन गुरुङले बिस्तृत जानकारी गराएका थिए। उक्त म्याचमेकिङका लागि नेपाल भलिबल संघका सल्लाहकार तथा पुर्ब राष्ट्रिय खेलाडी जय नारायण चौधरीको उल्लेख्य भुमिका रहेको छ।
चौधरीका अनुसार नेपाल भलिबल संघले भलिबल एसोसियसन अफ हङकङ, चाईना लिमिटेडलाई खेल खेल्न पत्राचार गरेपनी हङकङ पक्षले चासो नदिए पछि जयनारायण र निरन्जनका टोलिले बारम्बार फलोअप गरे पछि हङकङ पक्ष राजी भएको खुलासा गरेका छन।
खेल आगामी जनवरी २७ मा हङकङका स्थानिय नेपालीहरु सङ्ग खेलिनेछ। हङकङ तर्फ बाट प्राप्त पत्रमा उल्लेख गरे अनुसार होम अवे गरि दुई दिन खेल हुनेछ, जसमा २८ तारिक सातिन स्थित युन चाउ कोक स्पोर्ट्स सेन्टरमा अपराह्न ४-७ सम्म खेलिनेछ भने २९ तारिक सेङसुई स्थित पो विङ रोड स्पोर्ट्स सेन्टरमा बेलुकी ८-११ बजे सम्म सन्चालन हुनेछ।
करिब पाच महिना अगाडि माल्दिप्समा सम्पन्न अभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले काष्य पदक जितेका थिए। यो नै नेपालको पहिलो अफिसियल पदक हो। केही समय अगाडि काठमाडौमा बङ्गलादेश सङ्ग पनि नेपालले मैन्त्रीपुर्ण खेल खेली सकेको छ। हङकङ सङ्गको खेलमा नेपाललाई निकै लाभान्वित हुने कुरा जयनारायणले बताए। उनले भने " दुई राष्ट्र बिचको सम्बन्धमा न्यानोपन त आउँछ नै त्यसका अलावा नेपाली टिमलाई यस्ता अन्तर्राष्ट्रिय मैदानमा खेल्दा नया अनुभव, आत्मविश्वास बढ्दछ। साथै परिबर्तित नियम र टेक्निकहरु पनि सिक्दछ्न"। यस्ता खेलहरुले सन २०१९ मा नेपालमा सम्पन्न हुने दक्षिण एशियाली खेलका लागि तथा बङ्गलादेशमा हुने चौथो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता तयारीका निम्ति पनि नेपाललाई सजिलो हुनेछ। भलिबल खेललाई गत जेठ महिनामा राष्ट्रिय खेलको रुपमा घोषणा गरेको छ।

सन १९८३ मा जापानको राजधानी टोक्योमा सम्पन्न एशियन मिन्स भलिबल च्याम्पियनसिप खेल पश्चात ३४ बर्षको अन्तरालमा हङकङ र नेपाली राष्ट्रिय भलिबल टिम कोर्टमा उत्रदैछ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top