Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Sports

हङकङ र नेपाल बिच मैन्त्रीपुर्ण भलिबल प्रतियोगिता हुने

Thursday, 12.07.2017, 09:54pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
नेपाल र हङकङ बिच बारम्बार क्रीकेट खेल मार्फत आमने सामने भैरहेको बेला अब भलिबल खेलमा समेत एक आपस भिड्ने भएका छन। आगामी जनवारी २८ र २९ तारिख नेपाल र हङकङका राष्ट्रिय पुरुष भलिबल टिम बिच रोमान्चक खेल हुने आयोजक पुनहिल क्लब ले आउदो आईतवार एक बजे जोर्डन स्थित चुम्लुङ हिममा प्रेस मिट गरि जानकारी गराउने बताएको छ। खेलका संयोजक तथा हङकङ र पुर्बी एशियाका लागि भलिबलका सदभावना दुत निरंजन गुरुङ रहेका छन। उक्त म्याचमेकिङका लागि नेपाल भलिबल संघका सल्लाहकार जय नारायण चौधरीको उल्लेख्य भुमिका निर्बाह गरेको छन।
सन १९८३ मा जापानको राजधानी टोक्योमा सम्पन्न एशियन मिन्स भलिबल च्याम्पियनसिप खेल पश्चात ३४ बर्षको अन्तरालमा हङकङ र नेपाली राष्ट्रिय भलिबल टिम कोर्टमा उत्रदैछ।
हङकङको स्थानिय नेपालीहरु बिच निकै लोकप्रिय भएको यो खेल पहिलोदिन जनवरी २७ मा स्थानिय नेपाली टिम सङ्ग खेल्नेछ।
उक्त प्रेस मिटका लागि आयोजकले हङकङका सबै मिडिया कर्मीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top