हङकङमा फुटबल खेल्दै, बिरामीलाई उपचार खर्च जुटाउदै

Wednesday, 11.29.2017, 07:13pm (GMT6.5)

हङकङमा फुटबल खेल्दै, बिरामीलाई उपचार खर्च जुटाउदै
- मगेन्द्र राई
हङकङमा चुनमुन बासी नेपालीहरुको पहलमा गत आईतबार म्याग्दी निबासी सात बर्षिय ब्लड क्यान्सर पिडित बालक मिगिन गर्बुजाका उपचार सहयोगार्थ च्यारिटी फुटबल खेल मार्फत हङकङ डलर तीस हजार छ सय उठाउन सफल भएको कुरा आयोजकका तर्फ बाट ईमान राईले जानकारी गराएका छन। उक्त खेल चुनमुनकै वु शान फुटबल पिचमा सम्पन्न भएको थियो। खेलमा चुनमुन नेप्लिज परिवार, पुन मगर समाज हङकङ र म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन गरि तीन टिमको सहभागीता रहेको थियो।
नेपालमा दैबी प्रकोप हुदा, विभिन्न रोग लागेर उपचार खर्चको अभावमा खर्च जुटाईदिनेमा हङकङबासी नेपालीहरु अग्र स्थानमा आउदछन।यसै प्रसङ्गमा उक्त च्यारिटी खेलको संयोजक रमोश पुन लाई "छिनभरमै यति ठुलो सहयोग रकम उठाउन सफल हुनुभयो नि" भनी सोधिएको प्रश्नमा पुनले भने "त्यति सानो बालक जसले यो सन्सारमा धेरै गर्नु बाकी छ, तर ब्लड क्यान्सर जस्तो घातक रोगले आक्रामक गर्यो, वहाहरुको परिवार बाट सहयोगको याचना आए पछि हात बाधेर बस्न सकिएन, यहाँ फोन र फेसबुकको भरमा त्यस्ता रकम उठाउने चलन छ, तर हामीले असल कारण र आवश्यकतालाई ध्यान दिएर खेल खेलेर आनन्द र स्वास्थ पनि लाभ गर्ने अनि बिरामीलाई सहयोग पनि जुटाउने भन्ने कुरा साथीभाईहरु सङ्ग सरसल्लाह गरियो, सबैले दिल खोलेर सहयोग गरे, हामीले एक तिरले दुई सिकार गर्न सफल भयौ।"
उक्त रकम आगामी जनवरी पहिलो हप्ता भित्र बिरामी समक्ष पुर्याउने पुनले बताए। त्यो समय भित्र कुनै मनकारी दाताहरुले सहयोग चाहेमा स्विकार्दै उठेको रकममा थप गरेर पठाउने पनि बताए।

www.bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.