Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Sports

अक्सफाम हङकङ ट्रैल रनमा टिम नेपालको ब्याक टु ब्याक बिजय

Friday, 11.17.2017, 10:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई

आज बिहान ८ बजे हङकङको साईकुङ स्थित पाक ताम चुङ बाट शुरु भएको अक्सफाम १०० किमि ट्रैलरन टिम नेपालले सहजै जितेका छ्न। पो लेङ कुक ताईतोङ हलिडे क्याम्प युन लोङ मा समाप्त भएको उक्त दौड टिम नेपालले दुरि बाह्र घन्टा एक मिनेटको समयमा पूरा गरि प्रथम भएको छ। यो टिममा समीर तामाङ, पुर्ण तामाङ, तिर्थ तामाङ, बेद सुनुवार रहेका छन गत बर्ष यहि टिमले एघार घन्टा एक मिनेट उक्त दुरि छिचोलेको थियो।यो टिम नेपालको ब्याक टु ब्याक जित हो। चार जनाको अहिले सम्मको कीर्तिमान १० घन्टा ५८ मिनटको रहेको छ।
दौडमा शुरुबाटै लिड गरेका टिम नेपाललाई प्रतिद्वन्दीहरु बाट कुनै दवाब आएन।गत बर्षको रेकर्ड भन्दा एक घन्टा ढिलो भयो नि किन? भनि सोधिएको प्रश्नमा टिम क्याप्टेन पुर्ण तामाङले भने " जसरी पनि जित्ने हाम्रो स्ट्राटेजी थियो। जित निकाल्यौ। अझ राम्रो गर्न सकिने थियो तर अत्याधिक गर्मीले कारणले भने हाम्रो पर्फर्मेन्समा बाधा गर्यो, अर्को कुरा फराकिलो अग्रताले पनि प्रतिद्वन्द्वी बाट दवाब नआउदा पनि हामीले एक्स्ट्रा एफोर्ट गर्न परेन, हाम्रो तार्गेट जित निलाल्नु थियो, हामीले रेकर्ड ब्रेक तिर ध्यान दिएनौ , हामी सन्तुष्ट छौ,आयोजक बाट ब्याबस्थापन राम्रै थियो भने हङकङका स्थानिय नेपालीहरुको हौसला र सपोर्ट अवष्मरणिय थियो"। दौड्को समय सताईस डिग्री तापक्रम रहेको थियो।
टिम नेपाल त्रिभुवन आर्मी क्लबका सङ्ग सम्बद्द छन। आउटडोरका एक्टिभिजका लागि तयारी पोशाक बनाउने अवू कम्पनीले धावकहरुलाई स्पोन्सर गरेका हुन।
सन १९८६ बाट अक्सफाम हङकङले आयोजना गर्दै आएको यो दौडको स्लोगन "हामी ट्रैलवाकर हौ" भन्ने रहेको थियो। १०० किलोमीटर लामो म्याकलेहोज ट्रैलकोदौडमा ५२०० धावकहरुले भाग लिएका थिए। उक्त दौड मार्फत आयोजकले ३६ मिलियन हङकङ डलर उठाउने लक्ष राखेको छ।
उक्त दौड सन १९८१ मा बृगेडियर मार्भिन लि ले बृटिस आर्मी अन्तर्गत बृगेड अफ गोर्खाको कुईन्स गोर्खा सिग्नल्सलाई जङ्गल तालिमको रुपमा सुरुवात गरेका थिए। सन १९८६ मा अक्सफाम लाई सह आयोजक बनाएर पब्लिकलाई समेत खुल्ला गराईदिए पछि यसको लोकपि्रयता ह्वात्तै बढेको हो। सन १९९७ मा बृटिसले हङकङ चीन लाई हस्तान्तरण गरेपछि गोर्खा सनिक बेलायत स्थानान्तरण भए। त्यस पछि गोर्खाहरुको अनुपस्थिती मै अक्सफामले यो ट्रैलरन लाई निरन्तर दिईरहेको छ। सन १९८६ यता लाख भन्दा बढीले सहभागिता जनाएर साढे पाच सय मिलियन हङकङ डलर भन्दा बढी रकम सङ्कलन गरिसकेको छ। यो दौड एघार देशहरुमा पन्ध्रवटा दौडहरु सन्चालन हुने गर्दछ। सन १९४२ मा बेलायतमा स्थापित यो अन्तर्राष्ट्रिय च्यारिटेबल सस्थाले विश्वमा गरीबी उन्मूलन, आपतकालीन राहत सेवा, कानुनी वकालत,नीति अनुसन्धान आदिमा काम गर्दछ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top