Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Sports

नेपाल सेमिफाइनलबाटै बाहिरियो, अफगानिस्तान बाधक

Friday, 11.17.2017, 02:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

१ मंसिर २०७४

काठमाडौं  


अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ ।   २०११ मा आायरल्याण्डमा भएको यू-१९ को ग्लोबल छनोट पश्चात नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । तीन महिनाअघि विश्वकप छनोटमा भएको दुबै भेटमा पनि नेपाल हारेको थियो । यो पटक समूह चरणमा बंगलादेशसँग सम्मानजनक प्रदर्शन गर्नुका साथै भारतलाई हराएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले२८ ओभरमा १०३ रन जाड्दा अलआउट भयो ।  १ सय ४ रनको लक्ष्य पछ्‌याएको अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाउँदै १०८ रन बनायो । १ सय ४ रनको लक्ष्य पछ्‌याएको अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाउँदै १०८ रन बनायो।

फगानिस्तानका लागि सर्वाधिक रन रहमुन्ल्हा गुरवाजले ७१ रन बनाए। उनी सन्दिप लामिछानेको बलमा क्याच आउट भए। इब्राहिम ज्याद्रनलाई कमलसिंह ऐरीले ३ रनमा पवेलियन फर्काएका थिए। एक्रम अली खिल १८ रनमा आउट भए। अफगानिस्तानका मुजिव उर रहमानले नेपाली ब्याटिङ लाइन धरासायी पारेका थिए। उनले ६ विकेट लिए। अनिलकुमार साहले ५७ बलमा ५० रन बनाए। उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। उनी बाहेक नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपनर जितेन्द्र सिंह १ र मोहम्मद आसिफ सेख शून्यमै पेवेलिय फर्किए। कप्तान दीपेन्द्रसिंह ऐरीले ६ रन बनाउँदा बोल्ड भए। रोहितकुमार पौडेल ४ रन बनाउँदा एलबिडब्लु धरापमा परे।  नेपालको इनिङ सम्हालिरहेका अनिल २४ औं ओभरमा आउट भएका थिए। उनी आउट भएपछि टोलीमाथि दवाब बढेको थियो।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top