Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Sports

हङकङबासी दिनानाथ बगाले अल्ट्रा ट्रैल रेसका लागि चीन प्रस्थान

Friday, 11.10.2017, 07:35am (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
लामो समय सम्म ट्रेकिङ गाईडमा अनुभव बटुलेका दिनानाथ बगाले चीन को युन्नान प्रान्तमा हुने सय किलोमीटर दुरिको क्रस कन्ट्री दौडको लागि आज चीन प्रस्थान गरे। यहि नोभेम्बर ११-१२ सम्म कुनमिङ वाटर फलमा सम्पन्न हुने १०० किलोमीटर अल्ट्रा दौड प्रतियोगितामा भाग लिन उनी त्यता गएका हुन। उक्त दौडमा विश्वका बिभिन्न देशका धावकहरु आउदछन।

केही बर्ष अगाडी बाट हङकङमा बसोबास गर्दै आईरहेको उनी लामो दुरिका दौडहरुमा निकै राम्रो प्रदर्शन गरिरहेका छन। त्यसो त केही समय अगाडि चीन के देक्विन प्रान्तमा भएको मेइली १०० किलोमीटर अल्ट्रा इन्ड्युरेन्स रेसमा पदक समेत थापेका थिए।
"कहिले देखि र कस्को प्रेरणामा यस्ता दौडहरु सुरु गर्नु भो? यसबाट के फाईदा हुन्छ?" भनी सोधिएको प्रत्युत्तरमा भने " नेपालमा लामो समय सम्म ट्रेकिङ पेसामा लागेकोले प्राकृति सङ्गको सामिप्यता बढ्यो।त्यसपछी एकाएक हङकङ जस्तो भिडभाडमा आफुलाई हराउदा नोस्टाल्जियाले निसास्सिएको अनुभव भो, त्यस पछि हङकङमा हाईकिङ गरे। लामो तथा छोटो दुरिका दौडहरुमा भाग लिन शुरु गरे। तुलनात्मक रुपमा लामो दौडमा नतिजाहरु राम्रो आउन थाल्यो। मैले हङकङ आए प्प्छी नै दौड शुरु गरेको हु। छुट्टिको समयमा आफू लगायत अन्य जो कोहिलाई पनि ग्रुप बनाएर भेन्टियर हाईकिङ गराईदिन्छु। हङकङ जस्तो ब्यस्त, तनावपूर्ण बाताबरण, पारिवारिक परेशानि आदिलाई रिफ्रेस गर्न हाईकिङ नै एक मात्र टनिक हो"। उनी थप्छन " खर्चालु र चुनौती पुर्ण भए पनि आफ्नै रहरले दौडेको हु, भविष्यमा उमेर समुहमा जित हालिस गर्ने सम्भावना पनि छ।"
उनी आगामी बर्ष अप्रिलमा हुने जापानको १७० किलोमीटर लामो अल्ट्रा ट्रैल माउन्ट फुजि जाने तयारीमा रहेको समेत बताए।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top