Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Sports

ज्योती क्लबले युनलोङमा फुटबल प्रतियोगिता आयोजना गर्ने

Tuesday, 11.07.2017, 09:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

- बगैँचा सम्वाददाता
फुटबल बिकाशको लागि सन २०११ सालमा स्थापित ज्योती फूटबल क्लबले यही नोवेम्बर १२ तारिक युनलोङमा एक दिवशिय फुटबल प्रतियोगिता गराउने भएको छ।"दोस्रो ज्योति फुटवल कप २०१७ " टाईटलको उक्त प्रतियोगितामा २० नेपाली फुटबल टिम सहभागी हुदैछ। सेभेन ए साईड फर्म्याटको चार ग्रुपमा बिभक्त गरि हरेक ग्रुपमा पाच टिम सम्मीलित उक्त प्रतियोगिताको "मेन ड्र" हिजो साझ जोर्डन स्थित बगैचा रेस्टुरेन्टमा ब्यालेट गरि निर्धारण गरिएको छ। लिग एन्ड नक आउटको आधारमा खेलाईने उक्त प्रतियोगितामा ग्रुपमा टप टु स्कोररहरु क्वाटर फाईनलमा जानेछन।
प्रतियोगितामा पहिलो र दोस्रो टिमलाई क्रमश: नगद हङकङ डलर $१५००० र $९००० सहित ट्रफि र मेडल प्रदान गरिने तथा बेस्ट प्लेयर लाई पनि छुटै पुरस्कृत गरिने आयोजकले जानकारी गराएको छ।
गत साल बाट खेलाउदै आएको उक्त प्रतियोगिताको लागि सम्पूर्ण जर्सि सहितको टाईटल स्पोन्सर नेपाल फाईनान्सले गरेको भने फाईनान्सले नगद सहित प्रमुख प्रायोजक रहेको छ।
संगम सम्बहाङफेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल फाईनान्स लिमिटेडका डाइरेक्टर मगेन्द्र राईज्यु प्रमुख आतिथी, हङकङ नेपाली फूटबल महासंघका प्रेसिडेन्ट राजिव हिराचन्द विशेष आतिथी तथा रेस्टुरेन्ट ब्याबसायी दिल फोम्बो अतिथीको रुपमा उपस्थित थिए।
प्रमुख अतिथीको रुपमा बोल्दै डाईरेक्टर राईले भने " खेलकुद जिवनको अपरिहार्य चिज हो।सारिरिक र मानसिक समृद्दी ल्याउने एक मात्र साधन खेलकुद हो। हङकङको ब्यस्त ठाउँ र महङ्गो समयको बाबजुद पनि फुटबल प्रती तपाईं युवा भाईहरुको यस्तो उत्साहप्रद उपस्थिति, खेल प्रतिको लगनशिलता, मेहनत र समर्पित भावना देखेर हामी हर्षित भएका छौ। सामाजिक रुपान्तरणको लागि तपाईं युवाहरुको महत्वपूर्ण भुमिका छ। तसर्थ तपाईहरुको सत्कर्मको लागि फाईनान्स सधै सहयोग गर्न तत्पर छ"। मन्तव्य कै क्रममा राईले फाईनान्सका तर्फबाट प्रतियोगिता सफलताको कामना कामना गर्दै आयोजकलाई नगद प्रायोजनको घोषणा समेत गरेका थिए। टाईटल स्पोन्सर समेत रहेको फाईनान्सले ज्योती क्लबका सम्पुर्ण खेलाडीहरुको जर्सी समेत प्रायोजन गरेको छ।
हरेक बर्ष सस्करणको रुपमा निरन्तर खेलाईने कुरा ज्योति क्लबका संगम सम्बहाङफेले बताए। कार्यक्रम मिस लिम्बु २०१२ मा मिस पङ्च्युअल रेस्मा लिम्बुले गरेकी थिईन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top