Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Sports

नेपालले बंगलादेशसँग वान डे सिरिज खेल्ने

Thursday, 10.26.2017, 12:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

९ कार्तिक २०७४

काठमाडाै

नेपाली अण्डर १९ क्रिकेट टोलीले बंगलादेशसँग ३ म्याचको वान डे सिरिज खेल्ने भएको छ । एसीसी अण्डर १९ एसियाकप क्रिकेटको तयारीमा रहेको नेपाली टाेलीले एक दिवशीय मान्यता प्राप्त राष्ट्रसँग सिरिज पहिलो पटक खेल्न लागेकाे हो नेपालले राखेको प्रस्ताब बंगलादेश क्रिकेट बोर्डले स्वीकार्दै  अक्टोबर ३० देखी नोभेम्बर ६ सम्मको भ्रमण तालिका सार्वजनिक गरेको हो । सिरिज खेल्न नेपाली टोली दिपेन्द्रसिंह ऐरीको कमानीमा सोमबार ढाका प्रस्थान गर्ने भएकाे छ । नेपालले घरेलु टोलीसँग कार्तिक १६, १८ र १९ गते गरी तीन म्याच खेल्ने नेपाली टोलीका टिम म्यानेजर रमन सिवाकोटिले बताएका छन् । आउने जाने बाहेक बंगलादेश भ्रमणका क्रममा हुने नेपाली टोलीको खर्च बंगलादेश क्रिकेट बोर्डले व्यहोर्नेछ । सिरिज अन्तर्गतका तीनै खेल ढाकास्थित बीकेएसपी मैदानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।      


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top