Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Sports

नेपाल डिभिजन २ मा झर्यो

Monday, 10.16.2017, 01:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

३० असोज २०७४

काठमाडौं


आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप (डब्लुसिएल) को हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल विश्व क्रिकेट लिग च्याम्पिनसीप डिभिजन २ मा झरेको छ। हङकङसँग सोमबारका लागि तय भएको खेल वर्षाले रद्द हुँदा नेपाललाई नोक्सान भएको हो। खेल हुन नसकेपछि नेपाल र हङकङले १ -१ अंक बाँडेका छन्।  हङकङसँगको आइतबारको खेल सामुद्री आँधी टाइफनको कारण सोमबारका लागि सारिएको थियो। सोमबार वर्षाले खेल रद्द भएको हो। डिभिज २ बाट विश्वकप छनोटका प्रतियोगितामा भने नेपालले सहभागी हुन पाउनेछ। विश्व च्याम्पियनसीपको छैटौं चरण सकिँदा नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ। अब नेपालले अन्तिम चरणका दुवै खेलमा युएईलाई पराजित गर्दा पनि चौथो स्थानमा उक्लन सम्भव छैन। किनभने पाँचौं स्थानको केन्याको १२ तथा चौथो स्थानको हङकङ १४ अंकको स्थितिमा छन्।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top