Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Sports

हङकङसँग नेपाल ८३ रनले पराजित, विश्वविश्वकप खेल्ने सपनामा धक्का

Friday, 10.13.2017, 03:24pm (GMT+6.5)    | Comment | Print | Tell friend

१३ अक्टुबर २०१७

हङ्कङ

विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ । योसँगै बिश्वकप क्रिकेटको छनोट खेल्ने नेपालको सम्भावना गणितीय हिसावमा मात्र सीमित भएको छ । हङ्कङको घरेलु मैदानमा भएको खेलमा नेपाल ८३ रनले पराजित भएको हो । जितसँगै ११ खेलबाट १३ अंक जोडेको हङकङ चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट ८ अंक भएको नेपाल छैठौं स्थानमा कायम छ । शीर्ष चार टोलीले बिश्वकप क्रिकेटको छनोट खेल्नेछन् ।  १ सय ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ वलमा १ सय ११ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३ र ज्ञानेन्द्र मल्ले २१ रन जोडे । बिनोद भण्डारीले १८ र सोमपाल कामीले ११ रन बनाएको नेपाली इनिङ्समा ६ जनाले दोहोरो अंक छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्न एहेसान खानले ५ विकेट लिए ।  यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ निर्धारित ५० ओभरमा १ सय ९४ रनमा अलआउट भएको थियो । जेमी एक्टिन्सनले सर्वाधिक ७६ रन जोडेका थिए । हङकङलाई कम स्कोरमा समेट्न सन्दिप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले समान २ तथा सुशन भारीले एक विकेट लिए ।  च्याम्पियनसिप अन्तरगत छैठौं चरणको दोस्रो खेलमा नेपालले पर्सि आइतवार हङकङसंग अर्को खेल खेल्नेछ । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top