Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Sports

नेपाली तेक्वान्दो क्लबका महिला खेलाडीहरु हङकङको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक

Friday, 10.06.2017, 09:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
गत हप्ता र अघिल्लो हप्ता हङकङ तेक्वान्दो एसोसिएसनले साम सुई पो र सेङ वान स्पोर्ट्स सेन्टरमा आयोजना गरेको "हङकङ महिला तेक्वान्दो प्रतियोगिता २०१७" मा नेपालीहरु द्वारा सन्चालित दुई क्लबका खेलाडीहरुले पदक जितेका छन। स्प्यारिङ बिधामा भिडन्त गराईएको उक्त प्रतियोगितामा हङकङ नेपाली तेक्वान्दो एसोसिएसनका लागि एमी मुयाले स्वर्ण पदक, मेरी रोज र रोजलिनले रजत पदक तथा बेस्की लकादनले कास्य पदक प्राप्त गर्न सफल भएका छन। त्यसै गरि एभरेस्ट तेक्वान्दो एकाडेमीका लागि अरोरा सेरलले रजत र सेजल तामाङले काष्य पदक जितेकी छिन।
उक्त जित पश्चात प्रतिक्रिया दिदै नेप्लिज तेक्वान्दो एसोसिएसनका प्रमुख प्रशिक्षक देब गुरुङले भने " यो राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण पदक एतिहासिक सफलता हो, यो भन्दा अगाडि कुनै पनि नेलाली क्लबका खेलाडीहरुले जितेका थिएनन"। कुराकानीकै क्रममा एभरेस्ट तेक्वान्दो एकाडेमीका प्रमुख प्रशिक्षक रबिन नाल्बोलाई " नेपालीहरुले तेक्वान्दो क्लब चलाएको करिब दुई दशक भैसक्यो।क्लब नेपाली भए पनि जहिले बिदेशि मुलका खेलाडीहरुले क्लबका ईज्यत धानिरहेका छन, नेपाली मुलका खेलाडीहरुले जित्यो भनी हामीले कहिले सुन्न र लेख्न पाउने? नेपाली खेलाडीहरुले जित्न नसक्नुको कारण चाहिँ के हो?" भनी सोधिएको प्रश्न उनले भने "बास्तबमा हाम्रो उद्देश्य नेपाली खेलाडीहरुलाई नै प्रोमोट गराएर जित हासिल गरि नेपालीको गरिमा बढाउने नै हो। तर हामीमा धेरै कमि कमजोरीहरु छन। प्रथम त हामीमा स्पोर्टिङ कल्चर छैन, त्यसमाथि अभिभावकहरुको सपोर्ट पनि निराशा लाग्दो छ। मेहनत पनि कम गर्छन। नेपालीहरुको तुलनामा बिदेशीहरु बढी दत्तचित्त लगाएर मेहनत गर्छन, र जित निकाल्छन, त्यो उनिहरुको मेहनतको प्रतिफल हो। हामीले नेपाली प्रशिक्षार्थीहरुलाई भरमग्दुर मोटिभेट गरिरेका छौ। फलस्वरुप केही नेपाली खेलाडीहरुले सफलता पनि पाईरहेका छन"।
सेजल तामाङ बाहेक सबै खेलाडी हङकङमा घरेलु कामदारको रूप कार्यरत छन् । उक्त प्रतियोगितामा ४२ तेक्वान्दो संघका ७०० को हाराहारीमा प्रतिस्पर्धी महिला खेलाडीहरुको सहभागीता रहेको थियो।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top