Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Sports

नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि

Sunday, 09.17.2017, 12:56pm (GMT+6.5)    | Comment | Print | Tell friend

१ आश्विन २०७४

काठमाडौ

नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि जितेको छ । हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेटले विजयी रहयो । पहिलो ब्याटिङको निम्तो पाएको हंगकंग ३३ औं ओभरमा ७६ रनमै अलआउट भएको थियो । जितसँगै नेपालले यू१९ एसिया कपमा छनोट समेत भएको छ। नेपालले पहिलो ओभरमै पेस बलर नन्दन यादवलाई चोटका कारण गुमाएको थियो । उनको स्थानमा बलिङ गरेका अनिल साहले त्यसै ओभरमा सफलता दिलाए । हंगकंगका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रन जोडे । कप्तान झाथावेदले १६ र वकास खानले १५ रङ बनाउनु बाहेक अन्य कसैले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालको लागि स्पिनर सन्दिप लामिछाने र साहब आलमले ३/३ विकेट लिए । दिपेन्द्र सिंह ऐरी र अनिल साहले पनि १/१ विकेट हात पारे । २ विकेट रनआउटमा गुमेको थियो । ७७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाउँदै १५ औं ओभरमा लक्ष्य प्राप्त गर्‍यो । ओपनर आसिफ शेख १ रन जोड्दै तेस्रो ओभरमा आउट भए । अर्का ओपनर सन्दिप सुनारले १९ रन र अनिल साहले १६ रन जोडे । कप्तान दिपेन्द्र सिंह ऐरीले अर्वाधिक २२ रनको योगदान दिए । १९ रनमा अविजित रहेका प्रनित थापा मगरले लगातार २ छक्का प्रहार गर्दै नेपाललाई विजयी बनाएका थिए । हंगकंगका करनदिप सिंहले ३ तथा झाथावेदले २ विकेट लिए । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top