Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Sports

सिंगापुरलाई हराउँदै नेपाल बन्यो समूह विजेता

Thursday, 09.14.2017, 12:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

२९ भदौ २०७४

 काठमाडौं

मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराउदै समूह एको विजेता बनेको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपालले लगातार तेस्रो जित निकालेक छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २० रन बनाए भने अनिलकुमार साहले १८ रन बनाए भने आशिफ शेख ६ रनमा आउट भए । अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । उसका सिद्धान्तले २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा पवन सर्राफले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए । किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top