Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Sports

भुटानमाथि नेपालको सानदार जित

Wednesday, 09.13.2017, 12:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८ भदौ २०७४

काठमाडौं

मलेसियामा जारी एसिसी यु १९ इस्टर्न रिजनकमा नेपालले भुटानलाई हराएको छ । लगातार दोस्रो जीत दर्ता गर्ने क्रममा नेपलाले बुधबार भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिले ब्याटिङ गर्दै भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८‍.३ ओभरमा १ विकेट गुमाएर पार गर्‍यो। नेपालको जीतमा ओपनर मोहमद आसिफ शेखले नटआउट २३  र अनिल साहले नटआउट ४ रन जोडे। आसिफले २१ बल खेलेर ३ चौका तथा अनिलले ५ बल खेलेर १ चौका प्रहार गरे । ओपनर सन्दीप सुनार २१ रन जोडेर आउट भए । यसअघि मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रनमा अलआउट भएको थियो। भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए । यस्तै, सन्दीप लामिछानेले ४ र नन्दन यादव १ विकेट लिएका थिए। भुटानका लागि २ ब्याट्म्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके। दीपेन्द्रले ८ ओभर बलिङ गरेर २३ रन खर्चिए भने सन्दीपले ७ ओभरमा ७ रन मात्र खर्चिए। यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। भुटान सिंगापुरसँग पनि समान ९ विकेटले पराजित भएको थियो। समूह ‘ए’मा रहेको नेपालले बिहीबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top