Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Sports

थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

Monday, 09.11.2017, 01:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ भदौ २०७४

काठमाडौ


एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २ सय ५५ रनको शानदार जीत हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले प्रस्तुत गरेको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । थाइल्याण्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालमा सन्दिपले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो । नेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेले । उनी मात्र ९ रनले शतक बनाउन चुके । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए । यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top