क्रिस्टियानो रोनाल्डोले यस वर्षको युएफा वर्ष खेलाडी

Friday, 08.25.2017, 01:18pm (GMT6.5)

९ भदाै २०७४

एजेन्सी

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले यस वर्षको युएफा वर्ष खेलाडी भएका छन् भने महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् । लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै उनी यस पटकक युएफा वर्ष खेलाडी भए । च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन्। रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन्। लगातार दुई पटक च्याम्पियन्स लिग जित्न सफल रियल मड्रिडका लागि रोनाल्डोको प्रदर्शन उत्कृष्ट थियो। प्रतियोगितामा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता भएका थिए। उनले लालिगामा भने ४६ खेलमा ४२ गोल गरेका थिए । यो उपाधीसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधि हात पारेका छन्। यस्तै मेसीले दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितिसकेका छन्। यस्तै युभेन्टसका गोलरक्षक बुफोनले वर्षको उत्कृष्ट गोल रक्षकको अवार्ड हात पारे। त्यस्तै रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोसले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारे भने रियलकै अर्का खेलाडी लुका मोद्रिकले उत्कृष्ट मिडफिल्डरको उपाधि जिते। रोनाल्डोले यो वर्षको उत्कृष्ट फर्वाडको उपाधि पनि हात पारेका छन् ।

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.