Hot News
उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै ; चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित
Home > News > Sports

हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई

Tuesday, 08.15.2017, 10:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
गत आईतबार हङकङको कुनचुङ जोर्डन पार्कमा खेलाईएको "प्रथम तमु कप २०१७" फुटबल प्रतियोगिताको फाइनल खेलमा सोल्टी फुटबल क्लबले मोना फुटबल क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गरेर उपाधी हात पारेको छ। २५ मिनेटको पहिलो हापमा सोल्टी क्लबको तर्फबाट पोल छेउबाट गरिएको गोललाई प्रो मोनाले बिवाद गरे पनि दोस्रो हापमा लगातार दुई गोल खाए पछि स्थिती सामान्य भएको थियो। तेस्रो स्थानको प्ले अफ म्याचमा जोर्डन एफसि ले धरान एफसिलाई हराएको थियो। खेल अवधिभर सोल्टीका दिपेस तामाङले ६ सर्बाधिक गोल गरेका थिए। सोल्टीकै दिवस गुरुङ म्यान अफ द म्याच घोषित भए।त्यसै गरि मोनाका सरोज थापा बेस्ट प्लेयर भए भने आर्सेनीक एफसि फेयर प्ले घोषित भए।
सिक्स-ए-साइडको साईज आठ समूह बिच नक आउट फर्म्याटमा खेलाइएको प्रतियोगिता कुल २४ टोली सहभागी भएको थियो। बिजेता टिमलाई आयोजक नेपाल प्रदेश नम्बर एक गुरुङ समाजका अध्यक्ष हेम प्रताप गुरुङले प्रथम र दोश्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः ३०,००० र १५,००० नगद चेक हस्तान्तरण गरेका थिए।साथै ट्रफी, मेटल समेत प्रदान गरिएको थियो।सहभागी प्रति टिम २,००० हङकङ डलर प्रवेश शुल्क तोकिएको थियो। आयोजकले प्रायोजकहरुबाट प्रसस्त रकम हात पारेका थिए। प्रतियोगितामा दुई महिला टिम समेत समाबेश थियो भने मनोरञ्जनको लागि फाइनल खेल शुरु हुनु भन्दा अगाडि नृत्य समेत प्रस्तुत गरिएको थियो।
यो प्रतियोगितालाई बार्षिक रुपमा निरन्तरता दिने अध्यक्ष गुरुङले बताएका छन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top