Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Sports

हङकङमा गुरुङहरु द्वारा फुटबल प्रतियोगिता आयोजना गरिने

Tuesday, 08.08.2017, 07:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
हङकङमा आगामी अगस्ट १३ तारिख आईतवारका दिन "प्रथम तमु कप २०१७" खेलाईने भएको छ। सिक्स ए साइडको फर्म्याटमा कुल २४ टिम सहभागी भएको उक्त खेल काउलुन पार्क र कुनचुङ जोर्डन पार्क मा खेलाईने आयोजक नेपाल प्रदेश नम्बर एक गुरुङ समाजले हिजो सोमबार साझ जोर्डन स्थित याक एन्ड यती रेस्टुरेन्टमा एक भेला मार्फत जानकारी गराएको हो।

कुल २४ टिमलाई आठ समुहमा बिभाजन गरेर नक आउट खेल खेलाईनेछ। प्रथम हुने टिमलाई ३०,००० र दोस्रो हुनेलाई १५,००० हङकङ डलर नगद पुरस्कार प्रदान गरिनेछ। सहभागी प्रति टिम २,००० हङकङ डलर प्रबेश शुल्क तोकिएको छ।

हङकङका युवा पुस्ता तथा फुटबल पारखीहरुलाई लक्षित गरिएको यो खेलको उद्देश्य बताउदै समाजका अध्यक्ष हेम प्रताप गुरुङले भने " खेलकुद मानविय जिवनको अभिन्न अङ्ग हो। हामी यस्ता खेलकुद माध्यम बाट युवा समुहहरुलाई संगठित र सकृय गराउदै बिसङ्गती र कुलतहरु बाट टाढा राख्ने प्रयास गर्नेछौ। समाजमा घटिरहेको अराजकता र बिकृती न्यूनीकरण गर्न खेलकुदले महत्वपूर्ण भुमिका खेल्दछ।यसका अलावा भविष्यमा हङकङमा बसोबास गर्ने सम्पुर्ण गुरुङहरुलाई समेट्ने पनि हाम्रो अर्को उद्देश्य हो।"
हङकङमा नेपालीहरु बिच फुटबल निकै लोकपृय छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top