Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Sports

मोर्चा कसेर युद्दको बिगुल फुकिरहेको बेला खेलाडीहरु द्वारा रिङबाट शान्तिको सन्देश,

Monday, 08.07.2017, 07:16pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
चीन, भुटान र भारतको सिमानामा रहेको तीन भन्ज्याङ दोक्लाममा सिमा बिबादका कारण चीन र भारतले हजारौ सेना र अत्याधुनिक हात हतियार थोपरेर कमान्डरको आदेश पाउन साथ एक आपस गोलीको असिना बर्साउन तयार भैरहेको बेला यि बैरी देशहरुका खेलाडीहरुले भने शान्तीका सन्देश दिएका छन।
उक्त शान्तिको सन्देश गत शनिबार सम्पन एक बक्सिङ भिडन्त पश्चात दिईएको हो। उक्त भिडन्तमा ईन्डियाका भिजेन्देर सिंहले चीनका प्रतिद्वन्दी जुल्पिकर मियामैतिअलीलाई पराजित गरेका थिए। जित पछिको अन्तर्वार्तामा सिंहले भने " म यो बेल्ट जुल्पिकर लाई फिर्ता गर्न चाहन्छु, म यो आशा गर्दछु कि यसले सिमा बिबादमा शान्तिको सन्देश पुग्नेछ। यो नै अहिलेको घडीमा महत्त्वपूर्ण कुरो हो। अहिले सामाजिक सन्जाल मार्फत चीन बिरुद्द जुन कुराहरु भैरहेको छ त्यो अवश्य राम्रो हैन।"

३१ बर्षिय सिंह बेजिङ ओलम्पिकका कास्य पदकधारी हुन। ब्याबसायिक बक्सिङमा उनले आफ्नो डब्लुबिओ एशिया प्यासिफिक मिडलवेट बेल्टको उपाधी रक्षा गर्दै जुल्पिकरको डब्लुबिओ ओरेन्टियल सुपर मिडलवेट बेल्ट खोसेका हुन। उनको ब्याबसायिक करिअरमा सात नक आउट सहित नौ जित, शून्य हार को रेकर्ड भएको छ। त्यसै गरि २३ बर्षिय जुल्पिकरको छ नक आउट सहित आठ जित र एक हारको रेकर्ड रहेको छ।

यो भिडन्त पुर्ब दुबै अपराजित थिए। सिमा बिबादले उग्र रुप लिइरहेको यो घडी उक्त भिडन्त जुङ्गाको लडाई समेत थियो। उक्त भिडन्तमा अमिताभ बच्चन, खेल हस्ती धनराज पिल्ले जस्ताहरुको समेत उपस्थिति थियो। सिंहले धुलाई खादा उत्साह भर्न यी हस्तीहरु गो ईन्डिया! गो सिंह भन्दै स्वर मचाउथे। यो जित पश्चात योगगुरु रामदेबले टुईट गरेका थिए "चीनले मुम्बईमा जुन ठूलो हार बेहोर्नु पर्यो, दोक्लाम पनि यहि कुरा दोहरिने छ।"
निकै सनसनी पुर्ण रक्तमुछेल भिडन्त नतिजा यसै भन्न सकिने थिएन। धेरैले जुल्पिकरको जित हुने अनुमान गरेका थिए। तर तिनै जजहरुको ९६-९३, ९५-९४, ९५-९४ को झिनो अन्तरमा सर्बसम्मतिमा सिंह लाई बिजेता घोषणा गरिएको थियो।

जे होस राष्ट्रका सच्चा सदभावना दुत मानिने खेलाडीहरुले शान्तिको शन्देश दिनु सुखद कुरा हो।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top