Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Sports

ईन्द्र बनेम र प्रबिन पुनको जोडि हङकङमा ब्याडमिन्टन च्याम्पियन बने

Monday, 08.07.2017, 07:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
हिजो आईतवार हङकङमा स्पोर्ट्स डे को अवसर पारेर हङकङ नेप्लिज ब्याडमिन्टन एसोसिएसनले जोर्डन स्थित कुनचुङ स्पोर्ट्स हलमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्यो।दुई समूह गरि खेलाईएको उक्त एक दिवसिय ब्याडमिन्टन टुर्नामेन्ट को मिन्स डबल्सको समुह "ए" तर्फको फाइनल खेलमा खचाखच भरिएको दर्शकहरुको अगाडी ईन्द्र वनेम र प्रबिन पुनको जोडीले बिशाल राई र शुभराज राई को जोडीलाई २१-१८ र २१-१७ प्रतिस्पर्धात्मक तर सोझो सेटमा पाखा लगाउदै उपाधी कब्जा गरे। ब्याटल अफ एज अर्थात नेपाल बाटै खेल्दै आएका प्रबिन र भेटेरन ईन्द्रको अगाडी योङ्ग प्रतिद्वन्दी विशाल र शुभराजको केही सीप चलेन। जीत पछिको कुराकानीमा "समाजसेवी तथा ब्याबसायी पनि हुनुहुन्छ, फिट एन्ड फाईन देखिनु हुन्छ, ब्यास्तताका बिच तालेमेल कसरी मिलाउनु हुन्छ? तयारी कस्तो थियो? भनी सोधिएको प्रश्नमा ईन्द्रले खुशी हुँदै भने " जति सुकै ब्यस्त भए म दिनको दुई घन्टा ब्यायम तथा ब्याडमिन्टनको लागि छुट्याउछु। हप्तामा कम्तिमा चार दिन ब्याडमिन्टन खेल्छु। यसले स्वस्थ रहन र खेलमा सुधार गर्न मद्दत गर्दछ।मिटिङ जमघटलाई भन्दा पहिलो प्राथमिकता ब्याडमिन्टनलालाई दिने गरेको छु।यो प्रतियोगिताको लागि हामीले निकै मेहनत गरेका थियौ। हाम्रो स्ट्राटेजी र गेम प्लान अनुसार खेललाई नियन्त्रणमा लियौ, विपक्षीको कमजोरी उपर आक्रमक शैली अपनायौ। डबल्समा कोअर्डिनेसन र कम्युनिकेसनको निकै महत्त्व हुन्छ, त्यो केमिस्ट्री हामीमा मिल्यो, जसको कारण नतिजा हाम्रो पक्षमा आयो।"

त्यसै गरि समुह बि तर्फको फाइनल खेलमा रबि चन्द्र राई र प्रेम थापा को जोडीले नानी चन्द्र र नन्द चाङ्गसु को जोडीलाई २३-२१ र २१- १३ को अन्तरमा सिधा सेटना हराएको थिए।

प्रदर्शनीका लागि खेलाईएको खेलमा हिमाल चन्द र प्रतिभा गुरुङ्ग को जोडीले हेमराज राई र मनिशा राई को जोडीलाई ३१-२४ ले पराजित थियो।

उक्त प्रतियोगिताको समूह ए का मा कमानधोज लावती र समुह बि का दिपक केशर राईलाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिएको थियो।

नक आउटको फर्म्याटमा खेलाईएको उक्त प्रतियोगिताको दुबै समुहमा सात सात जोडिहरुले भाग लिएका थिए भने प्रदर्शनी खेलका दुई महिला सहित तीस जना खेलाडीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्नेहरुलाई आयोजकले पदक, प्रमाणपत्र र उपहार प्रदान गरेका थिए। सन्जु राई को संयोजकत्व तथा रजिन राईले ब्याबस्थापनको जिम्मा पाएका उक्त प्रतियोगितालाई उपाध्यक्ष शुभराज राईले समापन गरेका थिए। सन २०११ मा स्थापित यो खेल सस्थाले यस्ता प्रतियोगिताहरु सन्चालन गर्दै आएको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top