Hot News
यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता
Home > News > Sports

बक्सिङ लिजेन्ड मानी पाक्याउ रिम्याचको लागि रिङमा उत्रने

Saturday, 08.05.2017, 06:52pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
आगामी नोभेम्बरमा बृटिस बक्सर विश्व हेबिवेट च्याम्पियन एन्थोनि जोस्वा र भुतपुर्व च्याम्पियन भ्लादिमिर क्लिट्च्को बिचको बहुप्रतिक्षित रिम्याच घोषणाको ब्याग्र प्रतीक्षा गरिरहेको बेला गत बिहीवार भ्लादिमिरले ब्याबसायिक बक्सिङ बाट सन्यास घोषणा सेलाउन नपाउदै अर्का बिख्यात बक्सर फिलिपिन्सका मानी पाक्याउ भने भिडन्तको लागि रिङमा उत्रने भएका छन।
गत जुलाईमा अष्ट्रेलियाको ब्रीस्बनमा अष्ट्रेलियाली जेफ हर्न सङ्गको भिडन्तमा तीन जजहरुको सर्बसम्मत निर्णयमा हारेका पाक्याउले सन्यास लिन सक्ने सबैले अनुमान गरेका थिए। पाक्याउ हर्न बिचको पहिलो भिडन्तमा पाक्याउले हारेपनी रिम्याचको लागि करार अधिकार खुल्ला गरिएको थियो। यहि सहमती अनुरुप पाक्याउ आगामी नोभेम्बरमा रिम्याचको लागि तयारी भएको कुरा उनका प्रोमोटर बब अरुमले बताएका छन। बबले भनेका छन "सुपर स्टार पाक्याउ सन्यास लिन चाहन्नन, उनी रिम्याच भिड्न चाहन्छ्न, हामी पुन भिडन्तको लागि तयार गरिरहेका छौ"।
फिलिपिन्सका सिनेटर समेत रहेका पाक्याउ सिनेटमा थोरै फुर्सदिलो हुन बित्तिकै प्रशिक्षण शुरु गर्नेछन। गत भिडन्तमा प्रतिद्वन्द्वीलाई कमजोर सम्झेर यथेष्ट तयारी नगरेको भन्ने आरोप लागेको र हार समेत बेहोरेको हुदा यो पटक निकै मेहनत गर्ने आकलन गरिएको छ। आगामी भिडन्त अष्ट्रेलियाकै कुनै ठाउमा हुनेछ।
पाक्याउ बक्सिङको ईतिहासमा आठ डिभिजन तौल समुहमा एघारौं पटक विश्व च्याम्पियन बन्ने एक मात्र बक्सर हुन। उनि फिलिपिन्सका सिनेटर समेत हुन। ३८ बर्षिय पाक्याउले गत जुलाईमा उपस्थित ५१०५२ दर्शकहरुको अगाडि भएको सनसनीपुर्ण रक्तमुछेल भिडन्तमा २९ बर्षिय हर्न लाई नवौ राउन्ड झन्डै नक आउट गरेका थिए। पाक्याउको अहिले सम्म ५९ जित ७ हार र ३८ नक आउट रेकर्ड छ भने हर्न १७ जित शून्य हार र ११ नक आउट सहित अहिले सम्म अपराजित छ्न।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top