Hot News
यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता
Home > News > Sports

विश्व हेबिवेट बक्सिङ लिजेन्ड भ्लादिमिर क्लिट्च्को द्वारा सन्यास घोषणा,

Friday, 08.04.2017, 07:42pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र राई
आगामी नोभेम्बरमा बृटिस हेबिवेट बक्सर बर्तमान आईबिएफ, डब्लुबिए विश्व च्याम्पियन एन्थोनि जोस्वा बिरुद्दको बहुप्रतिक्षित रिम्याच घोषणाको ब्याग्र प्रतीक्षा गरिरहेको बेला हिजो बिहीवार ४१ बर्षिय भ्लादिमिर क्लिट्च्कोले २१ बर्षिय आफ्नो ब्याबसायिक बक्सिङ करिअर बाट सन्यास घोषणा गरेका छन। उनले आफ्नो वेब साईट र सोसल मिडिया मार्फत उक्त कुरा घोषणा गरेका हुन। उनी गत अप्रिलमा बेलायत स्थित वेम्ली रंगशालामा उपस्थित नब्बे हजार दर्शकहरुको अगाडि निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक भिडन्तको एघारौ राउन्डमा जोस्वा द्वारा नक आउट भएका थिए।
विश्व हेबिवेट डिभिजनमा झन्डै एक दशक एक छत्र राज गरेका भ्लादिमिरलाई बेलायतकै टाईसन फ्युरीले सन २०१५ मा च्युत गरि उनको उपाधी खोसेका थिए। त्यति बेला सम्म उनले लगातार १८ औ पटक उपाधी रक्षा गरेका थिए। हेबिवेट डिभिजनको ईतिहासमा अमेरिकी जो लुईस ले २५ पटक र ल्यारी होल्म्सले २० पटक पछिको सर्बाधिक धेरै पटक उपाधी गर्ने उनी कीर्तिमानि हुन।उनि सन १९९६ मा एटलान्टा ओलम्पिकमा सुपर हेबिवेट मार्फत स्वर्ण पदक बिजेता हुन। स्पोर्ट्स साईन्समा पिएचडी गरेका उनी डाक्टर स्टिल ह्यामर को उपनामले चर्चित थिए। ब्याबसयिक खेलमा जम्मा ६९ भिडन्तमा ६४ जित, ५ हार मा ५३ नक आउट जित निकालेका थिए। सन २००६ - २०१५ सम्म अनडिस्प्युटेड च्याम्पियन बनेका उनी सङ्ग बन्सिङका ४ मेजर बेल्ट मध्ये डब्लुबिए,डब्लुबिओ र आईबिएफ कब्जा गरेका थिए भने सो बखत बाकी एक डब्लुबिसी बेल्ट आफ्नै सहोदर दाई भिटाली क्लिट्च्कोले कब्जा गरि बन्सिङको ईतिहासमा अर्को किर्तिमान गरेका थिए। दाइ भिटाली नभएको भए चारै बेल्ट उनले कब्जा गर्न सम्भव थियो। त्यस बखत उनिहरुको आमाले जतिसुकै पैसा दिए पनि दाजु भाइ कहिल्यै नभिड्नु भनी सम्झाएकि थिईन।
उनले सन्यास घोषणा मार्फत भनेका छन " मैले जानाजान यो निर्णय लिन केही हप्ता समय लिए, ताकि वेम्ली रंगशालाको भिडन्त बाट प्रसस्त दुरि राख्न सकियोस।अवैतनिक र ब्याबसायिक बक्सिङको २७ बर्षको यात्रामा मैले हरेक सपनाहरु पूरा गरे। अब म खेलकुद पछिको दोश्रो करिअर शुरु गर्न चाहन्छु। मैले मेरो बन्सिङ करिअर यति अभुतपुर्ब सफल हुन्छ भनेर कहिल्यै कल्पना गरेको थिईन।म यसको मेरो परिवार, टिम, फैन हरेक प्रती आभारि छु।" उनले थपे "२७ बर्ष अगाडी रोजेको खेलकुदको बाटो उत्तम थियो। जसको कारण मैले सन्सारको भ्रमण गर्ने मौका पाए। नया भाषाहरु सिके, व्यापार सिर्जना गरे, बौद्दिक सम्पत्ती आर्जन गरे, दिन दुखीहरुलाई सहयोग गरे,बैज्ञानिक, उध्यमी, प्रेरक, प्रशिक्षक, लगानी कर्ता आदि ईत्यादि बन्न सफल भए। बक्सिङको विश्व ब्यापी अपिलका कारण यी कुराहरु गर्न अझै योग्य छु।" उनले अन्तमा भने " जिवनको कुनै बिन्दुमा यसो गर्न जरुरी छ, आफ्नो करिअर बदलेर नया अध्याय शुरु गर्नु तयारी हुनु पर्दछ। जहाँ नया चुनौतिहरु खडा हुन सक्छ। जसलाई म स्विकार्दछु । म ईमानदारपुर्बक बहुत सम्मानका यि सबथोक गरिरहेको छु। अन्तमा धन्यवाद सहित बिदावारी हुँदै गर्दा म अर्को नया यात्राको लागि रोमान्चित छु।"
बक्सिङको ईतिहासकै महान खेलाडीको छवि बनाएका उनको खुद सम्पत्ती ६० मिलियन अमेरिकी डलर भएको फोर्ब्सले बताएको छ।उनि आफ्नै "क्लिट्च्को फाउन्डेसन" मार्फत परोपकारी कार्यहरु गर्दै आईरहेका छन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top