Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > Sports

हङकङमा नेपाली आर्सेनिक फुटबल क्लबलाई एतिहासिक सफलता

Tuesday, 08.01.2017, 08:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
बार्सिलोनाका स्ट्राईकर नेम्यारको पेरिस सेन्ट जेर्मैन क्लब स्थानान्तरण का लागि करिब २७ अर्ब रुपैया(२२२ मिलियन युरो) तिरिएको नया किर्तिमानको कुराको हेडलाईन भैरहेको बेला गत आईतवार मियामीमा रियल म्याड्रीड बिरुद्द २-१ ले जित हासिल पछि प्रोमोसनल टुरका लागि हिजो सोमबार उनी सिधै चीनको साङ्घाई उत्रीएका थिए।आफ्ना चिनियाँ फैनहरुलाई खुशी पार्न लोकपृय सोसल मिडिया वेइबो मार्फत उनले भने "नि हाउ चाईना! म नेम्यार, म भर्खरै चीन आईपुगे, म अहिले साङ्घाईमा छु, म मेरो चिनियाँ फैनहरुलाई न्यानो अङ्गालोमा हाल्न चाहन्छु, तपाईहरुको सहयोग र सद्भाव प्रती धन्यवाद दिन चाहन्छु। म यहाँ साङ्घाईमा रहदा मैले गर्नु पर्छ सुझाव दिनु होला।"
सारा फुटबल प्रेमिहरुको ध्यान नेम्यार तर्फ मोडिइरहेको बेला सोही समय सोमबार बेलुकी नौ बजे यता हङकङका नेपालीहरुको फुटबल क्लब आर्सेनिक चिनिया फुटबल क्लब युथ फेडेरेसन बिरुद्द छेङ सा वान सकर पिचमा सिजे सेबेन "एफए कप" फाईनलको भिडन्त भै रहेको थियो। डिभिजन सि अन्तर्गत सेबेन ए फर्म्यासनको नक आउट खेलमा पचास मिनट अवधीको पहिलो हाफ खेलमा नेपाली खेलाडीहरु निकै आक्रामक खेल खेले। राम्रै एटेम्ट गरे तर गोल गर्न भने सकेनन।दोश्रो हाफमा भने चिनियाँ टिमले पिक अप लिए। बल आफ्नो नियन्त्रणमा लिदै अनेकौ पटक गोल पोष्टमा निसाना दागे, तर नेपाली किपर आषिस गुरुङले चुम्बकले झै समातेर गोल हुनै दिएनन। पच्चिस मिनटको दोस्रो हापमा बिना गोल बराबरीमा टुङ्गियो। निर्णायक म्याचको लागि टाईब्रेकमा नारायण गुरुङले पहिलो गोल गरे। चिनियाँ पक्षको एक प्रहार किपर आषिसले रोके पछि नेपाली टिम उत्साहित बने। डायमन्ड लिम्बुको प्रहारले गोल पोष्ट चुम्यो। बिबेक गुरुङको प्रहारले अन्तिम तेस्रो गोल पोष्ट चुमे पछि त्यो नै निर्णायक गोल भयो। नेपाली खेलाडीहरु खुशिले टिसर्ट फुकालेर पिचमा बुर्कुशी मारे। यो प्रतियोगिता नै हङकङको घरेलु प्रतियोगितामा नेपालीहरुको उच्चतम सफलता थियो। यो खेलमा नेपाली टिमका किपर आषीस गुरुङ म्यान अफ द म्याच घोषित भए।
सन २००३ मा स्थापित भएको यो क्लबका सस्थापक सदस्य साथै तेक्वान्दोका समेत सफल खेलाडी रहेका किपर आषिस निकै खुशी देखिन्थे। टिम तथा दर्शकहरुबाट यतिधेरै एप्रीसियसन आइरहेको छ कस्तो फिलिङ भैरहेको छ भनी सोधिएको प्रश्नमा उनले भने " बास्तबमा मलाई आज एफए कपको फाईनल भन्ने कुरा थाहै थिएन।पोस्टर पनि सबै चिनियाँ भाषामा भएकोले पनि त्यसो भएको हो। बिपक्षी टिमको नाम समेत थाहा भएन।तर जे होस सफलता हात लागेको छ।टिम गेम भएकोले एक जनाको प्रयत्नले मात्र सफलता मिल्दैन, कम्युनिकेसन र कोअर्डिनेसन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। टिम स्पिरिट पनि त्यतिकै जरुरी छ। आजको खेल निकै नै टफ थियो। टाई ब्रेक भएको हुदा यसै भन्न सकिने वाला थिएन।लक्किली हामीले जित्यौ, तर हाम्रो हार्ड्वर्क पनि त्यतिकै थियो। अहिले सम्म नेपालीहरु यहाको घरेलु प्रतियोगितामा हासिल गरेको यो जित पहिले एतिहासिक जित हो, त्यसैले म लगायत सम्पुर्ण टिम हर्षबिभोर छौ।"
टिमका अर्का टिनिएजर कि प्लेयर आकास सन्तोष राईले पनि उत्तिकै खुशी देखिन्थे। उनले भने " कोर्ट ठूलो भएकोले चिनियाँहरुको एडभान्टेज थियो। सेकेन्ड हापमा निकै आक्रमक पनि रहे तर हाम्रो किपर वाल जस्तै भै दिएर हामीले रोक्यौ। तथापी हामीले बरियताको पहिलो टिमलाई सेमि फाईनलमा हराएकोले कम्फिडेन्ट बुस्ट भएको थियो। हाम्रो तयारि पनि राम्रै थियो। पहिलो पटक यो लेभलको जित निकालेका छौ।" अझै भविष्यमा राम्रो गर्न सकिएला भनी सोधिएको प्रश्नमा आकाशले भने "हामी प्रसस्त पटेन्सियल छ। तर हहामीमा डेडिकेसन र अनुसासन पनि उत्तिकै जरुरि छ। जिरो आवरमा आउनु भन्दा एक घन्टा अगाडी आएर वार्म अप गरियो भने प्रदर्शन राम्रो गर्न सकिन्छ। त्यसैगरि अभिभावकहरु, हाम्रो समुदायका मानिसहरु खेल हेर्न आईदिए हामीलाई अझ हौसला बढ्ने थियो। कुनै कुनै खेलमा त एक जना नेपालीहरु पनि थिएन। हामीले समुदायको गौरबको खातिर दिलोज्यान दिएर खेलिरहेका छौ तर समुदयले सपोर्ट नगरिदिदा मन खल्लो हुन्छ। तसर्थ म सम्पुर्ण नेपाली समुदायलाई हाम्रो खेललाई सपोर्ट गरिदिनु हुन अनुरोध गर्दछु। हामी अझै लगातार लिग खेल पनि खेली रहेका छौ।२१ म्याच मध्ये १८ खेलिसकेका छौ। जसमा १३ जित र ५ हार बेहोरेका छौ। बाकी ३ मा राम्रो गर्न सक्यौ भने डिभिजन बि मा प्रोमोट हुनेछौ"।उनि अन्डर २१ लिग मार्फत चुनवान नेप्लिज फुटबल क्लब बाट सर्बाधिक १५ गोल गर्ने खेलाडी पनि हुन। उनको टिम अहिले बरियताको चौथो स्थानमा छ भने काउलुन क्रीकेट क्लबका लागि डिभिजन ए का लागि ट्रायल दिएका छन।
टिममा आकाश, नारायण, ईज्याक, डाईमन्ड, पन्कज, बिबेक, नवीन, आशिस, ॐ, सुदिप, वसन्त,सुरेश, राज, दिवस आदि सम्मिलित थिए। बिजेता नेपाली आर्सेनिक फुटबल टिमलाई आगामी सेप्टेम्बर ३ तारिक एक भब्य समारोह बिच ट्रफी तथा पुरस्कार प्राप्त गर्नेछन।
सिजे सेबेन लिग अन्तर्गत यहाका २०० भन्दा बढी टिमहरुको लिग म्याचहरु बर्षै भरी सन्चालन भै रहन्छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top