Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > Sports

टेनिस प्रतियोगितामा दुई बिकाशहरु बिजयी,

Monday, 07.31.2017, 11:29am (GMT+6.5)    | Comment | Print | Tell friend

-बगैँचा सम्वाददाता
    थ्री एफ अर्थात फिटनेस, फन एन्ड फ्रेन्डशिप को अवधारणा स्थपित हङकङ नेप्लिज टेनिस सोसाईटीले हिजो आईतवार किङ्स पार्क स्थित टेनिस कोर्टमा एक दिवशिय टेनिस प्रतियोगिता सम्पन्न गर्यो। मिन्स सिङ्गल्स डिभिजन ए र बी समुहमा राउन्ड रोबिनको आधारमा खेलाईएको प्रतियोगिताको डिभिजन ए तर्फको फाईनल खेलमा बिकाश गुरुङले युवराज गुरुङलाई 6-1 को अन्तरमा हराएका थिए भने तेस्रो स्थानका लागि मगेन्द्र राईले टेकेन्द्र सुब्बालाई 9-4 को सुपर टाईब्रेकमा पराजित गरे।
      प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो खेलाडीहरुलाई सोसाइटीका अध्यक्ष मगेन्द्र राई, उपाध्यक्ष गुमन सिंह गुरुङ र बगैँचा रेस्टुरेन्टका प्रबन्ध निर्देशक हरिचन्द्र राईले संयुक्त रुपमा पुरस्कार बितरण गरिएको थियो। अध्यक्ष राईले बिजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रम सोसाइटीका प्रबक्ता तथा टुर्नामेन्ट डाईरेक्टर टेकेन्द्र सुब्बाले सन्चालन गरेका थिए।प्रतियोगितामा कुल १६ खेलाडीहरु सहभागी थिए।

सोसाईटीले हरेक महिनाको अन्तिम आईतवार प्रतियोगिता सन्चालन गरिने आयोजकले बताएको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top