Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Sports

एभरेस्ट तेक्वान्दो एकाडेमीलाई छ दर्जन भन्दा बढि पदक

Monday, 06.05.2017, 07:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र राई
हिजो आईतवार वान चाई स्थित स्पोर्ट्स हलमा कोरियन चेङदोक्वान द्वारा आयोजित पुम्से प्रतियोगितामा एभरेस्ट तेक्वान्दो एकाडेमीका प्रतियोगिहरुले ७३ मेडल जित्न सफल भएका छन। चिनियाँ, नेपाली, कोरियन लगायतका ६ क्लब का ३५० भन्दा बढी ब्लाकबेल्ट तथा कलरबेल्ट प्रतियोगिहरुले उपस्थिति जनाएको उक्त प्रतियोगितामा एभरेस्टका ८४ जना खेलाडीहरुले भाग लिएका थिए। जसमा ४ ट्रफी(ब्लाक बेल्टहरुलाई मात्र), १८ स्वर्ण, २० रजत र ३१ काष्य गरि कुल ७३ थान जित्न सफल भएका थिए।
"तपाईका क्लबका यति धेरैले पदक जितेका छ्न, के भन्नू हुन्छ?" भनि एभरेस्टका प्रमुख प्रशिक्षक मास्टर रबिन नाल्बोलाई सोधिएको प्रश्नमा उनले भने " यो सबै मेहनतको फल हो, मेहनतका साथ सिकाएका र सिकेका दुबैको संयुक्त प्रतिफल हो, यसमा म प्रशिक्षक टोलि र प्रतियोगी दुबैलाई धन्यवाद तथा बधाई दिन चाहन्छु। यसरी बारम्बार प्रतियोगितामा भाग लिदा प्रतियोगीहरुलाई आफ्नो खेल प्रदर्शन गर्न पाउँछन्, आत्माबल बढदछ, अरु सङ्ग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने अनुभव समेत बटुल्ने मौका मिल्दछ। जसले युवाहरुमा सारिरिक तथा मानसिक बिकाशमा सकारात्मक प्रभाव पार्दछ।" उनले थपे"खेलकुदमा सिडीएसपिएच को सिद्धान्त हुन्छ, जसको फुल फर्म कमिन्टमेन्ट, डिसिप्लिन, स्याक्रीफाईज, प्राईरोटिज र हार्ट हो। यी सबैलाई आत्मसात गरि अगाडि बढ्दा सफलताको शिखर चुम्न सकिन्छ, म मेरा बिद्यार्थीहरुलाई यहि कुरा सिकाईरहेछु, जसको फलस्वरूप हाम्रो क्लबले विभिन्न स्थानिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उल्लेख्य सफलता हासिल गर्दै आईरहेको छ। समग्रमा सम्पुर्ण नेपालीहरुको गरिमा बढाउन एक हद सम्म सफल भैरहेका छौ।
बिगत केही हप्ता अअगाडी मकाउमा भएको एक प्रतियोगितामा रबिनका प्रशिक्षार्थीहरुले उल्लेख्य जीत हासिल गरेको थियो।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top