Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > Sports

हङकङका नेपाली तेक्वान्दो खेलाडीहरुले मकाउमा तीन दर्जन बढी पदक जिते

Wednesday, 05.31.2017, 08:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र राई
गत मे २७ र २८ का दिन मकाउ तेक्वान्दो एसोसिएसनले मकाउ रंगशालामा सन्चालन गरेको "मकाउ ओपन तेक्वान्दो ग्येरोगी एन्ड पुम्से प्रतियोगिता" मा हङकङबाट गएका ३२ खेलाडीहरुले ३८ पदक जित्न सफल भएका छन। हङकङ नेप्लिज तेक्वान्दो एसोसिएसनको प्रतिनिधित्व गरेको उक्त टोलिमा एचकेएनटिएका १४ खेलाडीहरु र मास्टर रबिन नाल्बोको एभरेस्ट तेक्वान्दो एकाडेमीका १८ खेलाडीहरु सहभागी थिए। पदक जित्नेहरुमा एचकेएनटिएका खेलाडीहरुले ३ स्वर्ण, ३ रजत तथा ८ काष्य गरि १५ पदक जिते भने एभरेस्टका खेलाडीहरुले ६ स्वर्ण, ८ रजत तथा ९ काष्य गरि २३ पदक जित्न सफल भए।
आफ्नो स्थापित भै सकेको क्लब हुदाहुदै किन एचकेएनटिए सङ्ग सहकार्य गर्नुको कारण के थियो भनी सोधिएको प्रश्नमा एभरेस्ट तेक्वान्दोका मास्टर रबिनले भने " हङकङमा अरु क्षेत्रमा जस्तै तेक्वान्दोमा पनि बेमेल र अस्वस्थ प्रतिस्पर्धा छ, तर खेलको आदर्श भनेको एकता र मेलमिलाप पनि हो, त्यही भावना अनुसार एकताको सन्देश जावस भनेर पनि मेरो क्लब एचकेएनटिएको झन्डामुनी गोलबन्द भएर एउटै नेपाली मन र झन्डा बोकेर बिदेशी भुमी मकाउमा उत्रीयौ।यसले दुई क्लब बिच अझ नजिक बनाएको छ।साथै भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हङकङका नेपाली तेक्वान्दो खेलाडीहरु एकै थलोमा रहेर नेपालीहरुको नाम चम्काउने प्रयत्न गर्नेछौ।साथै हामी हाम्रो खेलाडीहरु पाएको सफलता प्रती दङ्ग छौ।" एचकेएनटिएका तर्फबाट मास्टर राजु गुरुङले नेतृत्व निर्बाह गरेका थिए।
गत २७ तारीख शनिबार जुनियर तथा पुन्से प्रतियोगिता तथा २८ तारीख ग्योरोगी(स्प्यारिङ) भएको प्रतियोगितामा मकाउ,नेपाल,मुख्यभुमी चीन,हङकङ,हङकङ नेप्लिज,फिलिपिन्स लगायतका करिब ३०० प्रतियोगिताहरुले भाग लिएका थिए


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top