Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > Sports

दश लाख डलरमा फिट्नेस सेन्टर सन्चालन शुरु,

Monday, 05.29.2017, 09:52pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र राई
सर्टिफाईड पर्सनल ट्रेनर मन्जु श्रेष्ठ लगायत केही महिलाहरुको संयुक्त लगानीमा जोर्डन स्थित वाईचिङ स्ट्रीटको चौथो तल्लामा हिजो आईतबर ब्यायम वेलनेस फिटनेस सेन्टर्को ग्रान्ड ओपनिङ गरिएको छ।बयस्क लगायत बालबालिका देखि बृद्द बृद्दा तथा गर्भवतीहरुलाई समेतलाई फिटनेस गराई स्वस्थ जीवनयापन गराउने उद्देश्य रहेको मन्जुले बताए।करिब नेपाली डेढ करोड बराबरले लगानीमा खोलिएको उक्त फिटेनेस सेन्टरले स्थानिय स्थायी बासिन्दाहरुलाई लक्ष गरिएको छ।उक्त फिटनेस सेन्टरमा फङ्सनल ट्रेनिङ, क्रसफिट, सस्पेन्सन, योगा, जुम्बा, थेरापी लगायतका ग्रुप तथा प्राईभेट क्लास सन्चालन गरिने छ।यति महङ्गो खर्च गरेर किन खोल्न पर्यो भनी सोधिएको प्रश्नमा मन्जुले भनिन"हामी मानिसहरुलाई सबल र स्वस्थ बनाउन चाहन्छौ, जसको प्रक्रिया छ, हामी उचित तरिकाले फिट्नेस कला सिकाउछौ, हामी फिट्नेस सस्कृतीको बिकाश गर्न चाहन्छौ।हामी सङ्ग अहिले तीन दर्जन जति सदस्यहरु छन।ती सदस्यहरु लाई फिट्नेस सिकाउनु पर्दा हल बुकिङ गर्न पनि कठिनाई थियो, कहिले हल नपाएर पार्कहरुमा समेत गर्नु पर्थ्यो, अहिले हामीले आफ्नै हल खोल्न सफल भयौ, अब हामीले बिना झन्जट मल्टिपल फिट्नेस सिकाउन सजिलो भएको छ।"
उक्त फिटनेस सेन्टर सोमबारदेखि शुक्रबार बिहान सात बजे बाट बेलुकी दस बजे सम्म तथा शनिबार, आइतबार र सार्बजनिक बिदाको दिन बिहान नौ बजे देखि बेलुकि दस बजे सम्म सन्चालन हुनेछ। मन्जु लगायत त्रीजा गुरुङ, सलिना लाउ, सौरभ सन्जु र नवीन गुरुङ ट्रेनरका रुपमा कार्यरत छन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top