Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Sports

हङकङ नेप्लिज जुडो ईन्टरनेशनल द्वारा नेपाली राष्ट्रिय जुडो टोलिलाई सम्मान तथा बिदाई

Monday, 05.29.2017, 07:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र राई
एशियन जुडो च्याम्पियनसिपमा भाग लिन आएका नेपाली राष्ट्रिय टिमलाई गत शनिबार साझ जोर्डन स्थित हङ्ग्रीआई रेस्टुरेन्टमा हङकङ नेप्लिज जुडो ईन्टरनेशनलले एक सम्मान तथा बिदाई आयोजना गर्यो।गेस्ट अफ अनरको रुपमा खादा ओढाएर सम्मान पाउनेहरुमा जुडो संघका अध्यक्ष तथा जुडो युनियन अफ एशियाका उपाध्यक्ष दीपकहर्ष बज्राचार्य, टोलीको व्यवस्थाकका रुपमा देवेन्द्र आचार्य, प्रशिक्षक पृथ्वी आलोक, खेलाडीहरु साग स्वर्ण पदकधारी तथा ओलम्पियन फूपु ल्हामु खत्री, साग पदकधारी मनिता प्रधान श्रेष्ठ, र लीला अधिकारी, तथा पुरुष खेलाडीहरु साग पदकधारी इन्द्रबहादुर श्रेष्ठ, किरण गदेल, मोहन सुनुवार र सन्जित डङ्गोल थिए।उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथी नेपाल कन्सुलेट कन्सुल जनरल श्री कमल प्रसाद भट्टाई, आयोजकका अध्यक्ष हरि कुमार लामा, उपाध्यक्ष नवीन सुनुवार तथा उपस्थित गन्यमान्य ब्यक्तित्वहरु द्वारा खेलाडीहरुलाई खादा ओढाएर सम्मान गरियो।प्रमुख अतिथि भट्टराईले राष्ट्रका गौरब खेलाडीहरु सङ्ग भेट्न पाउँदा खुशी लागेको बताउनु हुँदै कन्सुलेटले सधै सपोर्ट गर्ने बताउनु भयो।
टिम नेपालका तर्फबाट नेपाल जुडोका अध्यक्ष बज्राचार्य र ब्याबस्थापक आचार्यले हङकङबासी नेपालीहरुको साथ र सहयोग अवष्मरणिय रहेको बताउनु भयो।
मनिता श्रेष्ठ प्रधानले प्रतियोगितामा दोश्रो चरण सम्म प्रबेश गरेर जुडोको ईतिहासमा अहिले सम्मकै नया किर्तिमान राखेकी थिईन।
अध्यक्ष हरि कुमार लामाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष नवीन सुनुवारले स्वागत मन्तब्य दिनु भएको थियो।विभिन्न संघ सस्थाका गन्यमान्य ब्यक्तीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम पछि रात्रीभोज गरिएको थियो।रात्रीभोजको सम्पुर्ण खर्च झापा निबासी समाजसेवि राजु चाम्लिङले प्रायोजन गर्नु भएको थियो भने सो रातको होटल खर्चको लागि समाजसेवी तथा साहित्यकार मोति चाम्लिङले उपलब्ध गराउनु भएको थियो।जम्मा बचत भएको रकम खेलाडीहरुको नाममा चाडै नेपाल पठाईदिने कुरा उपाध्यक्ष नवीन सुनुवारले बताउनु भएको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top