Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Sports

मनिताको हङकङमा उत्साहजनक प्रदर्शन

Friday, 05.26.2017, 10:40pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र राई
मे २६ तारीख बाट हङकङको चुङक्वानओ स्थित भेलोड्रोममा सन्चालन भैरहेको एशियन जुडो च्याम्पियनसिपस २०१७ मा आज भएको खेलमा टिम नेपालका तर्फ बाट १७ बर्षिय मनिता प्रधान श्रेष्ठले ५७ किलोग्राम बिधामा उत्साहजनक प्रदर्शन गरेकी छिन। नेपालका तर्फबाट सात जना खेलाडीहरु मध्ये आज ६ जना खेलाडीहरु म्याटमा उत्रेका थिए।ती मध्ये मनिताले मात्र पहिले चरणको खेलमा हङकङ क्वोक लाई वाजारी प्वाईन्टको आधारमा जित हालिस गरेकी थिईन।कुनै पनि नेपाली जुडो खेलाडीहरु मध्ये यो स्तरको प्रतियोगितामा यो चरण सम्म पुग्ने मनिता पहिलो नेपाली जुडो खेलाडी हुन।उनी मङ्गोलीयाका खेलाडीबाट पराजित भएकि थिईन।उनी जुनियर जुडो एशियनका काष्य पदक बिजेता पनि हुन।उनी रिप्चेज सिस्टममा काष्य पदकको लागि सम्भावित दावेदार पनि थिईन तथापी त्यो सम्भावना तुहिएको थियो। दोश्रो चरण बाट बाहिरिन परे पनि मनिताले भनिन "यती ठूलो प्रतियोगितामा दोश्रो चरण सम्म पुग्न पाउँदा खुशी लागेको छ, म र मेरो टिमका सबैले राष्ट्र प्रतिष्ठाको लागि सत प्रतिशत लागि परेका थियौ। नतिजा जे जस्तो भए पनि हामी सबैको प्रदर्शन राम्रो थियो। हामीले धेरै कुराहरु सिक्ने र अनुभव गर्ने मौका पायौ"। कुराकानी कै क्रममा भेटेरन प्रतियोगी मोहन सुनुवारले भने " प्रतियोगितामा नियम परिबर्तन भएको कारण पनि तत्काल नियम एडप्ट गाह्रो हुदा त्यसले नतिजामा पनि असर गर्यो"। टिम म्यानेजर देबेन्द्र आचार्यले पनि आफ्नो टिमको प्रदर्शन प्रती राम्रो रहेको बिचार ब्यक्त गरे।
भोलि बिहान मोहन सुनुवार ८१ किलोग्राम मार्फत प्रतिस्पर्धा गर्दैछन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top