Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > Sports

नेपाली जुडोका स्टार खेलाडीहरु एशियन च्याम्पियनसिपका लागि हङकङ आईपुगे

Wednesday, 05.24.2017, 11:24am (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र राई

आगामी मे २६-२८ बिच हङकङमा हुन गैरहेको एसीयन जुडो च्यामपियनसिप २०१७ मा भाग लिन नेपाली राष्ट्रिय जुडो टिम आज बिहान हङकङ आईपुगेका छन।४ पुरुष महिला खेलाडी, एक टिम ब्याबस्थापक एक टिम प्रशिक्षक सहित जनाको समूहलाई हङकङ अन्तर्राष्ट्रिय बिमानास्थलको आगमन कक्षमा जुडोका पुर्ब राष्ट्रिय खेलाडी तथा प्रशिक्षकद्वय नवीन सुनुवार हरि कुमार लामाले खादा ओडाएर स्वागत गर्नु भएको थियो।

उक्त टिममा महिला तर्फ साग स्वर्ण पदकधारी तथा ओलम्पियन फूपू ल्हमो खत्री (६३ केजि), साग पदकधारी मनिता प्रधान श्रेष्ठ, (५७ केजि), लिला अधिकारी (५२ केजि) छन भने पुरुष तर्फ साग पदकधारी ईन्द्र बहादुर श्रेष्ठ (६६ केजि), किरण गदेल (६० केजी) मोहन सुनुवार (81 केजी), सन्जित डङ्गोल (७३ केजी) गरि जम्मा प्रतिस्पर्धिहरु रहेका छन। त्यसै गरि टिम ब्याबस्थापकमा देबेन्द्र आचार्य रहेका छन भने प्रशिक्षकमा पृथ्वी आलोक रहेका छन। साथै जुडो संघका अध्यक्ष तथा जुडो युनियन अफ एशियाका उपाध्यक्ष दिपकहर्ष बज्राचार्य दुई दिन अगाडि आई सकेका छ्न, उनी यो प्रतियोगिताका लागि महत्वपूर्ण भुमिकामा समेत रहेका छन।

टोलिमा सम्मिलित चर्चित साग च्याम्पियन तथा ओलम्पियन फूपू ल्हमु खत्रीलाई "राष्ट्रले तपाईं माथी निकै आशा राखेको , कतिको प्रेसरमा हुनुहुन्छ? तयारी एक्सपेक्टेसन कस्तो ? भनी सोधिएको प्रश्नको उत्तर दिदै भनिन "तयारी एकदमै राम्रो , हामीले हङ्गेरीमा एक महिना विशेष तालिम पनि लिएका छौ। कल्पिटिसन टफ , ओलम्पिक च्याम्पियनहरु समेतको सहभागिता हुनेछ। हामीले देखाउन दिन पर्ने कुरामा केही कसर राख्दैनौ। यो हाम्रो टिम स्पिरिट पनि हो। फेरि यसो भन्दैमा हामीले पदक जित्छौ भनेर ग्यारन्टी पनि दिन सक्दैनौ, फैनहरु राष्ट्रलाई अनावश्यक आश्वासन दिदैनौ, तपाईहरुले आवश्यक भन्दा बढी एक्सपेक्ट नगर्नु होला। राष्ट्रका लागि हामी दिलोज्यान दिएर भिड्नेछौ। प्रेसर रहे पनि प्रदर्शन पक्कै राम्रो गर्नेछौ।" टिम प्रशिक्षक पृथ्वी आलोक पनि आफ्ना खेलाडीहरुले पदक ल्याउने आशा ब्यक्त गर्दै भने "अहिले सम्म कै सबैभन्दा ठूलो टिम लिएर हङकङ आएका छौ, राष्ट्रिय खेलकुद परिषदबाट हामीलाई ठूलो सहयोग साथ मिलेको छ। तयारी राम्रो गरेका छौ, अनुभवी खेलाडीहरु पनि छन, यो टिमले तपाईहरुलाई निराशा पार्ने छैन।"

खेलाडीलाई स्वागत गर्दै नवीन सुनुवार
फूपू, मनिता, इन्द्र कोरानले हङ्गेरीमा एक महिना तालिम लिएर भर्खरै नेपाल फर्केका हुन

यहि आउदो शुक्रवार देखि आइतबार सम्म चुङक्वानओ स्थित भेलोड्रोममा सम्पन्न उक्त प्रतियोगितामा ३१-३३ राष्ट्रका प्रतिस्पर्धिहरु सम्मिलित हुने आयोजकले बताएको छ।

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top