Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > Sports

नेपाल भलिबल संघले ‘भलिबल’ लाई राष्ट्रिय खेल बनाउने

Wednesday, 05.24.2017, 11:39am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं जेष्ठ १०,

            ढोरपाटन कप महिला भलिबल र एनभीए लिग भलिबल प्रतिस्पर्धा ।  नेपाल भलिबल संघले भलिबललाई राष्ट्रिय खेल बनाउने अभियान तीन वर्षअघि थालेको थियो । मेचीमहाकाली अभियानमा लाखौं हस्ताक्षर संकलन गरेर संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुझाएको थियो । संघका प्रतिनिधिहरूले सम्बन्धित निकायमा भलिबलको लोकप्रियता र यसमा सहज पहुँचबारे पनि बारम्बार जानकारी गराएको हो । मन्त्रिपरिषद्ले सोमबार भलिबललाई राष्ट्रिय खेल बनाउने निर्णयसँगै संघको अभियान पनि सार्थक बन्यो ।

           कबड्डी र डन्डीबियोको दाबीलाई उछिन्दै भलिबल राष्ट्रिय खेल घोषित गर्नुको कारणबारे संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा भन्छन्, ‘देशको भौतिक वातावरण नै हाम्रा लागि उपहार हो । तराईदेखि हिमालसम्म खोलानालाका किनारमा पनि भलिबल खेल्न मिल्छ । सानो ठाउँ, थोरै खर्चमा पनि खेल्न सकिन्छ । सहज पहुँच भएकाले नेपालमा भलिबल लोकप्रिय छ । त्यसैले पनि भलिबल राष्ट्रिय खेल हो ।उनी नेपाल भलिबल संघका सातौं अध्यक्ष हुन् । अनुपशम्शेर राणाको नेतृत्वमा संघ २०३३ सालमा स्थापित भएको थियो । संघको ७५ जिल्लामा नै शाखा विस्तारित छ । सरकारको निर्णयले खेलाडी, खेलप्रेमीको मनोबल हात्तै बढाएको छ । अब भलिबल विकासका लागि देशविदेशबाट सहयोगको ढोका खुल्ने आस छ,’ अध्यक्ष शर्माले कान्तिपुरसँग भने । सार्क छिमेकी श्रीलंकाको राष्ट्रिय खेल पनि भलिबल नै हो ।

         राष्ट्रिय खेलले सांस्कृतिक सम्बन्ध पनि राख्छ तर नेपाली समुदायसँग भलिबलको त्यस्तो नाता भेटिँदैन । भलिबलले अभियान थाल्दा कराते र तेक्वान्दोलाई अन्तर्राष्ट्रिय सफलताको आधारमा राष्ट्रिय खेल घोषणा गर्नुपर्ने दाबी गरिएको थियो । यसबेलासम्म बहस चलिरहे पनि डन्डीबियोले राष्ट्रिय खेलको रूपमा चर्चा पाइरह्यो । त्यसबारे कहींकतै निर्णय भएको नै पाइँदैन, मौखिक विश्वासमै डण्डीबियो राष्ट्रिय खेल भएको थियो । गंगाबहादुर थापा १४ वर्ष संघको अध्यक्ष छँदा नेपाली भलिबल लगभग शून्यमा झरेको थियो । त्यसैले राष्ट्रिय प्रतियोगिता पुरुषको ३० र महिलाको २० पल्ट मात्र भएको छ । दानबहादुर तामाङले पाँच वर्षअघि नेतृत्व लिएपछि घरेलु भलिबल फेरि ब्युँतिएको थियो । त्यसयता वार्षिक दुई दर्जन बढी राष्ट्रियस्तरका प्रतियोगिता भइरहेका छन् । नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि निरन्तर खेलिरहेको छ । मनोरञ्जन शर्मा गतवर्ष संघका अध्यक्ष निर्वाचित भएका थिए ।

              सन् १९७६ मा पाकिस्तानको पेसावरमा भएको काइदे आजाम अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता नेपाली राष्ट्रिय भलिबल टिमको पहिलो पाइला थियो । त्यसबेला स्वदेशमा ब्रम्ह स्पोर्ट्स क्लबले आधिपत्य कायम गरेको थियो । त्यसपछि जावलाखेल युवा क्लब चम्कियो । र, त्रिभुवन आर्मी क्लब । पुरुष भलिबल दुई दशकयता विभागीय टिम (आर्मी, पुलिस र सशस्त्र) ले नै धानेको छ । पुलिस र एपीएफसँगै पश्चिमाञ्चल र न्यू डाइमन्ड एकेडेमीमा नेपाली महिला भलिबल अडिएको छ । गत माघमा माल्दिभ्समा भएको एबीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा तेस्रो हुनु नेपाली पुरुष टिमको सबैभन्दा ठूलो सफलता हो । महिला टिमले ठूलो उपलब्धिका रुपमा दक्षिण एसियाली खेलकुद (साग) मा तीन कांस्यपदक जितेको छ । सन् १९९९, २००६ र २०१६ को सागमा नेपाली टिमले कांस्य हात पारेको थियो ।

       राजधानीमै आयोजित दक्षिण एसियाली चयाम्पियनसिपमा भने महिला टिम दोस्रो र पुरुष टिम तेस्रोसम्म भएका थिए ।        लगानी र विकासका हिसाबले भने भलिबल संघको अवस्था निकै नाजुक छ । सरकारले भलिबलमा लगानी नै गरेको छैन भने हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘संघको कार्यालयमा वर्षायाममा गम्बुट (पानीमा लगाउने जुत्ता) लाएर जानुपर्छ । भूकम्पले जीर्ण कभर्डहल अहिलेसम्म बनेको छैन । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने हल आर्मीसँग मात्र छ । संघको आफ्नै हल र कोर्ट पनि छैन ।एबीसी सेन्ट्रल जोन च्याम्पियनसिपको ऐतिहासिक माल्दिभ्स यात्राको पनि आफ्नै कहानी छ । महासचिव (जितेन्द्रबहादुर चन्द) र मैले १२ लाख ८० हजार रुपैयाँ लगाएर टिमका लागि हवाई टिकट किनेका थियौं । त्यो अहिलेसम्म फर्किएको छैन । खेलकुद परिषदले दिन्छु भनेको ६ लाख अझै आस गरिरहेका छौं,’ अध्यक्ष शर्माले भने । घरेलु भलिबललाई सक्रिय बनाउन पनि क्लब र संघसंस्थाकै भूमिका र लगानी महत्त्वपूर्ण छ । त्यसैले नेपालको पहिलो राष्ट्रिय टिमका खेलाडी कपिलकिशोर श्रेष्ठ भन्छन्, ‘राष्ट्रिय खेल घोषणा हुनु भलिबल क्षेत्रका लागि ठूलो उपलब्धि हो तर यसमै रमाइरहने अवस्था छैन । अब यो खेल कसरी अगाडि बढ्छ भन्ने कुरा महत्त्वपूर्ण हो । यसलाई व्यवस्थित गरेर लानुपर्छ । भर्खर काम थालेको अवस्थामा रहेको संघको चुनौती पनि यही हो ।

 

 

 

 

 

 


Rajan

Hot News

 

SEARCH

Newsletter

Top