Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > Sports

"मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे

Tuesday, 05.23.2017, 07:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
गत आईतबार सामसुईपो स्पोर्ट्स हलमा सम्पन्न हङकङ मुए थाई च्याम्पियनसिप एलिमिनेसन प्रतियोगिताको ६७ किलोग्राम समूह तर्फ १८ बर्षिय नेपाली खेलाडी मिलन जङ्ग घलेले हङकङका प्रतिद्वन्द्वीले तेस्रो राउन्डमा टेक्निकल नकआउट गरेका गरेका छन। अहिले सम्मको भिडन्तमा मिलनको ६ जित, २ हार र ३ नक आउट गरेका छन।
पहिलो राउन्ड निकै प्रतिस्पर्धात्मक भए पनि मिलनले स्कोर राम्रो गरेका थिए। दोश्रो राउन्ड पनि मिलनले नै डोमिनेन्ट गरे।तेस्रो राउन्डमा दोहोरो हानाहान पर्यो। तर मिलनले सबै अस्त्रहरुको प्रयोगले बिपक्षीले थेग्न सकेन। मिलनको निस्ट्राईक को लगत्तै नन स्टप ज्याब र क्रसको प्रहारले तोरिको फुल देखाईदिए। त्यसको लगत्तै मिलनको राईट किक बिपक्षिको गाला चुमे पछि चोट खाएर धुनमुनिदै रिङ कर्नरमा घुडा टेके। रेफ्रीले अन्तिम पटक सम्म काउन्ट गर्दा लडखडाउन थाले पछि रेफ्रीले खेल रोक्दै टेक्निकल नक आउट मार्फत मिलनलाई बिजयी बनाए।
"सुपरमिलन" को उपनामले परिचित जित पछि खुशी हुँदै भने "पहिलो राउन्ड खेले पछि मनमा जित्छु भन्ने आत्माविश्वास थियो। तेस्रो राउन्डमा गेम प्लान चेन्ज गरि आक्रामक भए, नक आउट गर्ने योजना थियो, सफल भए, नक आउट गर्नुको मज्जै अर्कै हुन्छ, एकदम क्लियर जीत, प्वाईन्टको आधारमा हार जित हुदा कन्ट्रोभर्सी पनि हुन सक्छ। नक आउट मार्फत जितेको छु, खुशि लागेको छ।" उनले थपे " म यहि खेल मार्फत एक दिन विश्व बिजेता बनेर नेपालको नाम राख्न चाहन्छु।"
सेन्ट्रल स्थित ईम्पाक्ट एकाडेमी अफ मिक्स्ड मार्सल आर्टस क्लब मिलन दैनिक ४-६ घन्टा ट्रेनिङ गर्ने मिलनको प्रशिक्षक ४ पटक सम्म मुए थाईमा विश्व च्याम्पियन बनेका एलन नालामी छन।साथै उनी दैनिक १-३ तीन घन्टा शसुल्क प्रशिक्षकको रुपमा समेत कार्यरत छन।पढाइ स्थगित गरेर फुल टायम यो खेलमा लागेका यिनी भविष्यमा एमएमए खेल्ने योजना पनि रहेको छ। यिनी यहि महिनाको ३१ तारीख काउलुन बे मा सम्पन्न हुने E-1 वर्ल्ड च्याम्पियनसिप को अन्डर कार्डमा भिडदैछन।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top