Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > Sports

एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,

Monday, 05.22.2017, 07:24pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
आगामी मे २६-२८ बिच हङकङमा हुन गैरहेको एसीयन जुडो च्यामपियनसिप २०१७ मा भाग लिन नेपाली जुडो टिम हङकङ आउदै छन।आजै नेपाल खेलकुद परिषदले उक्त टोलिलाई बिदाई कार्यक्रम मार्फत खादा ओढाएर शुभकामना दिएका छन। उक्त टिममा महिला तर्फ साग स्वर्ण पदकधारी तथा ओलम्पियन फूपू ल्हमो खत्री (६३ केजि), साग पदकधारी मनिता प्रधान श्रेष्ठ, (५७ केजि), लिला अधिकारी (५२ केजि) छन भने पुरुष तर्फ साग पदकधारी ईन्द्र बहादुर श्रेष्ठ (६६ केजि), किरण गदेल (६० केजी) र मोहन सुनुवार (81 केजी), सन्जित डङ्गोल (७३ केजी) गरि जम्मा ७ प्रतिस्पर्धीहरुले भाग लिनेछन। उक्त टिम ब्याबस्थापकमा देबेन्द्र आचार्य रहेका छन।प्रशिक्षकमा पृथ्वी आलोक रहेका छन। साथै जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य पनि आउदैछन।
फूपू, मनिता, इन्द्र र कोरानले हङ्गेरीमा एक महिना तालिम लिएर भर्खरै नेपाल फर्केका हुन ।
उक्त टिम नेपाल २४ तारिक बिहान हङकङ अन्तर्राष्ट्रिय बिमानास्थल चेपलाकको टेक्नेछन।चुङक्वानओ स्थित भेलोड्रोममा सम्पन्न हुने उक्त प्रतियोगितामा २८ राष्ट्रका २४४ प्रतिस्पर्धिहरु सम्मिलित हुने आयोजकले बताएको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top