Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > Sports

दाईको जोडिलाई हराउदै भाईको जोडि च्याम्पियन,

Tuesday, 05.02.2017, 07:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
"बुद्दिमा जेठो कान्छो हुदैन, खेलमा दाजुभाई भनिदैन" गत आईतबर चुनमुन नेपाली परिवार द्वारा जक्की क्लब चुनमुन बटरफ्लाई ब्याडमिन्टन हलमा आयोजित "चुनमुन नेप्लिज ब्याडमिन्टन प्रतियोगिता -२०१७" को उपाधी विशाल राई र मनिशा राईको जोडिले मिलन राई र ललित सुब्बाको जोडिलाई २१-१८, ११-२१ ,२२-१५ को प्रतिस्पर्धात्मक खेलमा पाखा लगाउदै च्याम्पियन बने। कुल १६ टिमले भाग लिएको एक दिवसिय मिन्स डबल्स बेस्ट अफ थ्री नकआउट प्रतियोगितामा सहोदर भाई विशालको जोडिले दाइ मिलनको जोडिलाई बाकी राखेनन। पहिलो सेट मारामारी परेर कठिन साथ सेट लिएका विशाल जोडिलाई दोस्रो सेटमा दाई मिलनको जोडिले सजिलै खोसे। तर अन्तिम सेटमा विशालको स्म्यास र ड्रप सट र पेसिङ तथा मनिसाको डिफेन्सिफ खेलका अगाडी दाई मिलन र ललितको केही जोर चलेन। बाक्लो ब्याडमिन्टन प्रेमीहरु बिच उत्कृष्ट खेल प्रदर्शन गरे बापत स्टान्डिङ ओभ्यासन सहित विशाल र मनिसाले उपाधी चुमे।हेमराज राई/केशब सुब्बा र स्याङ्बु/जोन को जोडिले तेस्रो स्थानमा चित्त बुझाउन पर्यो।
बिजेता, फर्स्ट रनर अप र सेकेन्ड रनर अप ले प्रमाणपत्र सहित क्रमशः २५००, १५०० र १००० डलर आयोजकले प्रदान गरे। बटरफ्लाई बिबिक्यु स्पटमा बिबिक्यु सहित पुरस्कार बितरण समारोहमा चुनमुन परिवारका अध्यक्ष बिजमान गुरुङ,सचिव लोखराज राई, खेल संयिजक दिपक केशर राई तथा हङकङ नेप्लिज ब्याडमिन्टन एसोसिएसनका पदाधिकारीहरु सरिक थिए।
नेपालीहरुमा स्पोर्टिङ कल्चर को बिकाश गर्न, सारिरिक तन्दरुस्त राख्न, मनोरञ्जन एबम सामाजिक सद्भाव बढाउन उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top